पसलमा आगलागी हुँदा एक करोड पच्चीस लाखको क्षति

नेपालचेक समाचारदाता शुक्रबार, चैत्र १८, २०७८

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको याल्वाङमा आगलागी हुँदा दुई कोठा जलेर नष्ट भएको छ । वडा नम्बर चारका छिरिङ पाल्जोर तामाङको पसल सहित होटेल रहेको एक तलाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

आज दिउँसो काठको टहराको दुई कोठा जलेर नष्ट हुँदा रु एक करोड पच्चिस लाख बराबरको क्षेति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । पालिका केन्द्र याल्वाङमा तामाङले लामो समय देखि पसल तथा होटेल व्यवसाय गर्दै आएको भएपनि आज पुरै जलेर नष्ट भएको हो ।

पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य लगायतका वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए । घुम्तिमा रहेको घर अर्थात टहरा भएकाले नियन्त्रणमा आउन नसकेर पुरै जलेर नष्ट भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]