सिमकोट । आगामी बैशाख ३० गते हुने स्थानीय तहका लागि वडाध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो पार्टी नेकपा माओवादी केन्द्र हुम्ला बनेको छ । नेकपा माओवादी केन्द्रको चुनाव लक्षित घरदैलो अभियानका क्रममा सिमकोट गाउँपालिका वडा ३ मा वडाध्यक्षको उम्मेदवारीको टुंलो लगाएको छ ।
स्थानीय स्तरका कार्यकर्ता, नेता तथा जिल्ला स्तरका नेताहरुको उपस्थितीमा सबैको सहमतीका आधारमा वडा ३ को वडाध्यक्षमा पामा लामालाई आगमाी बैशाख ३० गते हुने स्थानीय तहको वडाध्यक्षमा उम्मेदवारीको घोषणा गरीएको सिमकोट गाउँपालिका गाउँकमिटीका अध्यक्ष ताक्ला जिम्मेत लामाले बताउनुभयो । पामाले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा अन्य जिल्लाका राजनितीक दलहरुसँग प्रतिसपर्दा गर्नु पर्ने भएको छ ।
जिल्लाका सातवटा गाउँपालिका र ४४ वटा वडा मध्ये पार्टीको सर्वसहमतिका आधारमा वडाध्यक्षको उम्मेदवारी टुंलो लगाउने पहिलो वडा बनाउने नेकपा माओवादी केन्द्र हुम्ला बनेको छ । भने अन्य राजनितीक दलको भन्दा माओवादी केन्द्रले वडा ३ बरगाउँमा लामालाई सर्वसहमतीका आधारमा उम्मेदवारी घोषणा गरिएको हो । अन्य राजनितीक दलहरु भने यतिबेला चुनावी अभियानमा लागि परेका छन् । जिल्लामा यति बेला विभिन्न राजनितीक दलहरु गाउँघरमा घरदैलो अभियानमा पुगेपछि हुम्लामा चुनावी सगर्मी बढेको हो ।
जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी लगायतका दलहरुले दैनिक दिन चुनाव लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन् ।