हवाई उडान नियमीत गराउन वाइसिएल हुम्लाद्धारा जिल्ला प्रशासनको ध्यानकर्षण

नेपालचेक समाचारदाता सोमबार, चैत्र २१, २०७८

सिमकोट । हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा केही दिन यता देखि नियमीत नहुादा यात्रुले सास्ति खेप्नु परेको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान नियमीत गराउन योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाद्धारा जिल्ला प्रशासनको ध्यानकर्षण गरेको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले एक महिना देखि हुमलामा देखिएको हवाई समस्याको समाधान गरी दिन प्रमुख जिल्ला अधिकारी मार्फत संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय सिंहदरबार काठमाण्डौं, र माननीय मुख्यमन्त्री कार्यालय सुर्खेतलाई बोदार्ध गरिएको छ ।

निजी हवाई जहाजले हुम्लामा उडान नर्भदा यहाँका नागरीकले जिल्ला बाहिर जान सास्ति खेप्नु परेको छ भने जिल्ला बाहिर रहेका हुम्लीलाई समस्या भएको गुनासो गर्न थालेका छन् । यस्तै अन्य दैनिक उपाभोग्य देखि निर्माण डुवानीका साथै खाद्यन्न ढुवानी समेत हुन नसकेको हो । हवाई उडान कम हुँदा हुम्लामा दैनिक उपाभोग्य सामाग्री देखि अन्य बजारभाउ बढेको भन्दै हवाई सेवा नियमीत गराउन जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापन पत्र बुझाएको वाइसिएल जिल्ला कमिटी हुम्लाका अध्यक्ष विशाल रोकायाले बताए ।

सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन् । भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको हो । उडान ठप्प हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्रमा परेका छन् । भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटेल भाडा तिरेर बस्नु पर्ने बाध्यता भएको नेपालगञ्जमा टिकट नपाएर भौतारिरहनुभएका यात्रुहरुले गुनासो पोखेका छन् ।

पर्यटक ओसार्न जहाजहरु पूर्वतिर गएपछि हुम्लामा उडान हुन नसकेको हो । निजी जहाजहरू लुक्ला, पोखरा, जोमसोम लगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।

पर्यटक आउने मौसममा त निजी एयरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक एक वटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका छन् । हुम्लाका लागि उडान भर्दै आएका निजी एयरलाइन्सले नाफामुखी उडान भर्दा यहाँका नागरीक सधै झै सास्ति खेप्नुपरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]