सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ पाम्लाथुुङ गाउँका नागरीकले खानेपानी ल्याउन डेढ घण्टाको पैदल हिडेर खोलाको पानी प्रयोग गर्न बाध्य हुँदै आएका छन् । गाउँमा खानेपानी आपुर्ती गर्दै आएको योजनाको पाईप लाईन सडकमा रहेको र गाडी गुड्ने क्रममा पाईप थिचिएर धारामा पानी आउन छोडेपछि स्थानीयले यस्तो समस्या भोग्नु परेको हो ।
सिमकोट गाउँपालिका– ७ को पाम्लाथुुङ गाउँका स्थानीय संगीता शाहीले खानेपानीको धारामा पानी आउन छोडेपछि गाउँवासी डेढ घण्टा पैदलको हेक्पा खोलाबाट पानी ओसार्न बाध्य हुँदै आएको बताइन् । उनले भनिन, “बिहान दिउँसो र बेलुका गरि घरको एक जनाको काम नै उकालो बाटोमा पानी ओसार्ने कार्य हुने गरेको छ ।” यसरी उक्त गाउँवासीले छ महिनादेखि पानी ओसार्ने कार्य गर्दै आएका छन् ।”
अर्का स्थानीय जक्त बहादुर शाहीले भने, “धारामा पानी आउन छोडेपछि चालीस घरधुरीका स्थानीय खोलाको पानी बोक्न बाध्यछन् ।” स्थानीय बासिन्दाहरुलाई खानेपानी व्यवस्थाकै लागि चिन्ता हुने गरेको शाहीको गुनासो छ ।” धेरै पटक सडकमा रहेको पाईप लाईनलाईनलाई मर्मत गरेपछि दैनिक कुुच्चिने गरेको कारण अहिले सो कार्य नै छोडिएको बताए ।
दैनिक प्रयोग गर्ने पानी बोक्नुु परेपछि कपडा धुन र सरसफाई गर्न भने स्थानीय खोलामै धाउने गर्दछन् । यद्यपि वृद्धवृद्धा र बालबालिका भने खोलामा गएर सो कार्य गर्न सक्ने अवस्था भने छैन् । गाउँको सल्लाह अनुसार आगामी स्थानीय निर्वाचनमा जुुन उम्मेदवारले गाउँमा खानेपानी योजना निर्माण गर्ने विस्वासिलो प्रतिवद्धता गर्छ उसैलाई मत दिने पनि उनले बताए ।
धारामा पानी आउन छोडेपछि उक्त गाउँका पशुुवस्तुलाई समेत पिउने पानीको समस्या हुने गरेको छ । पानी आउन छोडेपछि योजनाबाट निर्माण गरिएका पाँच वटा धारा जिर्ण हुने अवस्थामा पुुगेका छन् । उक्त खानेपानी योजना पाँच किलो मिटर टाढाबाट निर्माण गरेर दुुई वर्ष अगाडी गाउँमा पानी पुर्र्याएको थियो ।