सिमकोट । धमाधम विद्यार्थी बिरामी पर्न थाले पछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर चारमा रहेको हिमज्योती माध्यामिक विद्यालयका विद्यार्थी धमाधम विरामी थालेपछि विद्यालय बन्द गरिएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो विरामी देखिएको छ ।
सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक जना छात्रामा हात खुट्टा बाउडिने समस्या देखिएको भएपनि अहिले २० जना भन्दा विद्यार्थीमा यो समस्या देखिएको प्रधानध्यापक जय बहादुर धामीले बताए । छात्रा विरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो विरामी देखा परेको प्रधानध्यापक धामीले बताउनुभयो । छात्राछात्रहरुमा काप्ने, रुने, कराउने, र चिच्याउने गर्नुका साथै शरिर बाउडीने विरामी समस्या देखा परेको हो ।
पहिलो दिन एक जनामा देखिएको थियो भने दोस्रो दिन दुई जनामा देखिएको यो समस्या तेस्रो दिन २० जनाभन्दा बढीमा यो समस्या देखिएको उहाँले बताए । यस्तै कक्षा दशमा अध्ययनरत २ जनामा समेत यो समस्या देखिएको छ । विद्यार्थी विद्यालयमा अचानक विरामी हुन थालेपछि जनस्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखा र प्रदेशमा विरामी विद्यार्थीको उपचारका लागि मनोचिकित्सको चाडो व्यवस्था पत्रचार गरिएको प्रधानध्यापक धामीले बताए ।
विरामीको समस्या दिन प्रतिदिन बढ्दै गएपछि विहिबार दुई वटा विषय पठनपाठन गराएर एक दिनका लागि विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको छ । विद्यार्थी विरामी हुन थालेको तीन दिन भएको हो । यस्तै महिला पुरुष विद्यार्थीमा देवता आएर धामी झाक्रीको जस्तै शरिर काप्ने गरेका छन् । कक्षा छ देखि दशसम्मका छात्रछात्राहरु विरामी पर्न थालेपछि अभिभाव चिन्तित भएका छन् । हुम्लामा यो समस्या विद्यार्थीमा पहिलो पटक देखा परेको हो । यसको समाधानका लागि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।