गाउँपालिका अध्यक्ष तथा केन्द्रिय सदस्य फडेराको घरमा तोडफोड

नेपालचेक समाचारदाता शनिबार, चैत्र २६, २०७८

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य दल फडेराको घरमा तोडफोड गरेका हुन् । माओवादी केन्द्रका अदानचुली गाउँपालिका हुम्लाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष फडेरोको घरमा तोडफोड गरेका छन् ।

सुक्रबार राती भएको घटनालाई लिएर गाउँपालिका भरबाट एकिकृत भएका कार्यकर्ताले अदानचुली गाउँपालिका वडा नम्बर ३ स्थित फडेरा गाउँमा भएको घरमा तोडफोड गरेका छन् ।

ठूलो संख्यामा जम्मा भएका माओवादी कार्यकर्ताले फडेरोको घरमा गरिएको ढुंगामुडाले घरको माथिल्लो तलामा राखिएको सोलार तोडफोड भएको अध्यक्ष फडेरोको पारिवारिक स्रोतले जनाएको छ ।

शनिबार दिउँसो १ बजेको समयमा दुई तिरबाट प्रवेश गरेको कार्यकर्ताले घर तोडफोड गरेका हुन् । प्रहरीले गरेको ठूलो प्रयास पश्चात यो समाचार तयार पारुञ्जेल ढुंगामुडा गर्न रोकिएको भएपनि फडेरा गाउँको चारैतर्फ माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले घेरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष फडेरा भने घरमै सुरक्षित रुपमा रहेको प्रहरी स्रोतले जनाएको छ ।

शुत्रबार राती अध्यक्ष फडेरा सहित नेकपा एमालेका कार्यकर्ताले आप्mना माओवादी केन्द्र कार्यकर्ताको होटेल र पसलमा हानेकोले त्यसको जवाफ स्वरुप आफूले अध्यक्ष फडेरोको घर घेरेको दावी माओवादी केन्द्रले गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]