सम्झौता गर्न हिउँ छिचोल्दै सिमकोट पुगे लिमिका स्थानीय

सुरेस परियार मंगलबार, चैत्र २९, २०७८

सिमकोट । बजेट फ्रिज हुने सम्भावना देखेपछि चालु आर्थिक वर्षका लागि योजनाको सम्झौता गर्न हुम्लाको उतरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन ।

लिमी बाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिडेर पुगिने गरेपनि ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेको लिमी तिल गाउँका स्थानीय सोनाम तामाङले बताए ।

साउन मैना देखी लागुहुने आर्थिक बर्ष चैत महिना सकिनै लाग्दा यस वर्ष निर्माण गर्नुपर्ने तीन वटा विकासे योजनाको सम्झौताका लागि नारा लेखको चार फिटको हिउँ छिचोलेर आउनु आफूहरुको बाध्यता लिम िबासीको रहेको स्थानिय तामाङको बताए ।

तामाङसहित हल्जी गाउँबाट तीन जना प्रदेश सरकार अन्तरगत भेटेनरी अस्पताल तथा पसु सेवा कार्यलय को आयोजनामा संचालन हुने चौरी स्रोत केन्द्रको विस्तार योजनाको सम्झौताका लागि आइपुगेका हुन ।
यो चालु आर्थिक वर्ष चौरी स्रोत केन्द्रका योजनाका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट पचास लाख बजेट विनियोजित भएको छ ।
समयमा बजेट सम्झौता नभरे सबै बजेट फ्रिज हुने सम्भावना रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय भनेपछि आफूहरु हिउँको प्रवाह नगरी जोखिम पूर्ण यात्रा गरेर सदरमुकाम आएको उनीहरुको भनाइ छ ।

तिन गाउ रहेको लिमी गाउका तील गाउँबाट पनि विद्युत योजनाको सम्झौताका लागि तीन जना आएका छन् भने जाङ गाउँबाट सडक निर्माणको योजनाका लागि पनि तीन जनाको टोली आएको छ।

आहुदै गरेको वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि योजना सम्झौला ढिलो गर्दा काम गर्न नसकिने भएको कारण नाम्खा गाउपालिका लिमीका स्थानियहरु योजनाका लागि सदरमुकाम सिमकोट आइपुगेका हुन ।

नाम्खा गाउपालिका लिमी गाउमा बसेको उपभोक्ता समितिको बैठकले चालु आर्थिक वर्षको योजना सम्झौताका लागि टोली सदरमुकाम पठाउने निर्णय गरेको हो।

टोली लिमीबाट हिल्सामा बास बसेको थियो भने हिल्साबाट नारा लेकमा जमेको हिउँ छिचोल्दै अर्को दिन यारीमा बास बसेको थियाउ । यारीबाट सिमकोटसम्म आउन भने उनीहरुले एक दिन गाडीमा यात्रा गरेका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]