विमानस्थलमै थन्कियो खाद्यन्न

नेपालचेक समाचारदाता मंगलबार, चैत्र २९, २०७८

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । पछिल्ला केही दिन यता नेपालगञ्जको खाद्य डिपोबाट टिपरफार्मत ढुवानी भएर जिल्लाको जिल्लाको चंखेली गाउँपालिकाको सरिसल्ला हुँदै त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्याइएको खाध्यन्न हेलिकप्टरले सिमकोटसम्म ढुवानी गरी रहेको छ ।

विमानस्थलबाट खाद्यको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणको खाद्यान्न विमानस्थलमै रोकिएको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्याक्टरमा ढुवानी गर्ने बाटो बन्द हुँदा खाद्यान्न एक हप्तायता विमानस्थलमै रोकिएको हो । यसअघि विमानस्थलबाट ट्याक्टरले सिधै गोदामसम्म खाद्यन्न ढुवानी गर्ने गरेको थियो ।

अहिले खाद्यन्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत कार्य भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जानकारी दिएको छ ।

सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै रोकिने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्वीन्टल ७० केजी खाद्यन्न रोकिएको छ । सडक बन्न अझै हप्तादिन सम्म लाग्ने भएको छ ।

विमानस्थलमा थन्किएको चामल

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]