सिमकोट । माध्यामिक शिक्षा (एसइई ) नजिकिए सँगै हुम्लाका विद्यालय विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्धेश्यले विदाई कार्यक्रममा जुटेका छन् ।
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका सहित अन्य पालिका भित्र रहेका माध्यामिक विद्यालयले विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न थालेका हुन् । मङ्गलबार सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर मावि, वडा दुई ठेहेमा रहेको रामदेब मावि, र वडा ३ मा रहेको रलिङ्ग माध्यामिक विद्यालय कक्षा १० एसईई दिने तयारीमा रहेका विद्यार्थीलाई ती विद्यालय परीवारले विदाई तथा शुभकामना दिएका हुन् ।
विदाई कार्यक्रममा रलिङ्ग मावि विद्यालयका प्रधानाध्यापक छिमि लामाले सफलताको लागी मेहेनत नै प्रमुख तत्व रहेको भन्दै उत्कृष्ठ नजिताको लागी अध्ययनशीलताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षकहरु शिक्षक सुर्यमनी बोहरा लगायतले बोल्नुभएको थियो ।
यस्तै जिल्लाका अन्य पालिकामा रहेका मावि विद्यालयले एसइई तयारीमा रहेका विद्यार्थीको विदाई तथा शुभकामना कार्यक्रम सञ्चालन गरीरहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षाको (एसइई) परीक्षा आगामी २०८९ सालको वैशाख ९ गतेबाट २० गतेसम्म सञ्चालन हुने भएको छ ।