सिमकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार आफु प्रधानमन्त्री हुँदा देशको विकास देखेर विकास विरोधी अत्तालिएर सरकार ढालेको आरोप लगाउनुभयो ।
नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरु सरकार ढाल्न अदालत गएको आरोप लगाउनुभयो ।
जनताबाट होईन अदातलबाट सरकार ढालेको ओलीको आरोप थियो । जनताले एमालेलाई माया गरेका छन् तर दुनियामा कही नभएको नेपालमा भएको बताउनुभयो । नेपालमा एमाले बाहेक अन्य पार्टी नरहेको बताउनुभयो । छ त गठबन्धन ।
आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको आरोप छ । कर्णाली करिडोरले तीब्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड्न दिनुपर्ने ओलीको भनाई थियो । खरका छाना विस्थापीत हुनुका साथै, जनता आवास कार्यक्रम मार्फत गरीब दुखिले घर पाएको उहाँको दावी थियो ।
अहिलेको गठनबन्धको सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप थियो । निर्वाचनमा संयुक्त उम्मेदवारी दिएर एउटै चुनाव चिन्ह लिएर गठबन्धन निर्वाचनमा गएपनि एमालेलाई कुनै असर नपर्ने उहाँको भनाई थियो । नेपालमा गठनबन्ध पार्टी र एमाले दुई पार्टीको प्रतिस्पर्दा हुने अध्यक्ष ओलीको भनाई थियो ।
तीस मिनेट समय बोलेका अध्यक्ष ओलीले नेपाली कांग्रेस बैशाखी टेकेर हिड्ने अवस्थामा पुगेको बताउनुभयो । कांग्रेसको अहिलेको अवस्था देखेर माया लागेर आउने गरेको बताउनुभयो । २०१५ सालमा कांग्रेस दुई तिहाईमा थियो २०४८ सालमा बहुमतमा आयो, अलि पछि आएर आफै हिड्न मुस्किल भएर लौरो टेक्ने हातलमा पुग्यो, अहिले लौरो टेक्ने होइन् माओवादी केन्द्र र माकुने गुटको बैशाखी टेक्ने अवस्था आएको छ । कांग्रेसले भोट के मा हाल्ने, कतै, पेन्सिलमा हाल्ने, कतै अण्डा भित्रको हसियाँ हथौडामा हाल्ने, कतै के खाने हो गसालमा भोट हाल्ने भनेर कांग्रेसलाई प्रश्न गर्नुभएको थियो । बैशाख ३० पछि सोध्न मन भएको अध्यक्ष ओलीको भनाई थियो ।
ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उहाँले बताउनुभयो ।
जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उहाँले दाबी गर्नुभयो ।
एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताउनु भयो । तराई, पहाड, हिमालमा देशको विकासको लहर छाएको बताउनुभयो ।
एमाले सरकारमा आउँदा विकासको लहर चल्छ, तर अन्य पार्टी सरकारमा हुँदा देशको अर्थ तन्त्र खुम्चिने गरेको उहाँले बताउनुभयो । अबको निर्वाचनमा जनताले फेरि जवाफ दिने उहाँको भनाइ छ ।
सात महिना पछि विकास निर्माणले तीब्रता पाउने अध्यक्ष ओली
हुम्लाको सदरमुकाम सिमकोटको आमसभालाई सम्बोधन गर्न पुग्नु भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकट जिल्लाको विकट गाउँले एमालेको सरकार आउँदा सात महिना पछि विकास निर्माणले तीब्रता पाउने बताउनुभयो । आफु प्रधानमन्त्री हुँदा हुम्ला सहित देशभरका जिल्लामा विकास निर्माणले तीब्र गति लिएपनि गठबन्धनको सरकार आएपछि सुस्ताएको एमाले अध्यक्ष ओलीको आरोप थियो । चुनाव जितेर आएपछि देशको विकास निर्माणले सात महिनापछि आफु सरकारमा आएपछि पुन फड्को मार्ने बताउनुभयो ।
हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगार लगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुल्ला नहुँदा यहाँका नागरीकको पिडा आफुले बुझेको अध्यक्ष ओलीले बताउनुभयो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका सहित जिल्लाका अन्य पालिकाका अधिकांस वडाहरुमा टेलिफोनले राम्रोसँग काम नगरेको पिडा आफुले बुझेको बताउनुभयो ।
नाम्खाका नागरीक हिल्सा नाका नखुल्दा चीनमा रोकिएको विषयमा आफु कुरा उठाएको बताउनुभयो । हिल्सा नाका नखुल्दा यहाँका नागरीक झण्डै दुई वर्ष अगाडी देखि चीनमा रोकिएका छन् ।
कर्णाली करिडोरको स्तर उन्नती गर्नुका साथै हिल्सासम्म जोढ्नका लागि आफु सडन निर्माणलाई तीब्र दिन आफुले कुरा अगाडी बढाएको बताउनुभयो । कर्णाली करीडोरको सडकले सदरमुकाम सिमकोट सम्म चाडो पुर्याउन आफुले फ्याष्ट ट्याक्रमा जोड्न दबाब दिएको अध्यक्ष ओलीले बताउनुभयो ।
हुम्लाको प्रमुख समस्या खाद्यन्न हो, यसको समाधानका लागि जिल्लामै उत्पादन हुने बालीलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । यातायातको असुविधा भएकाले खाद्यन्न देखि दैनिक उपभोग्य सामाग्रीको अभाव छ । दुर्गम जिल्लाका नागरीक विरामी हुँदा उपचार गर्न समस्या हुने भएकाले अन्तरजिल्ला जोड्ने निजी एयरलाइन्सले दैनिक एक फलाईट गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्रथामिकता दिनुपर्छ । भुगोल अनुसारको विकास पूर्वधारलाई प्राथामिकता दिनुपर्ने उहाँको भनाई थियो । दुर्गम ठाउँलाई सुगम, तराईको विकास, पहाडको विकास, हिमालको विकास आफु तीन वर्ष प्रधानमन्त्री हुँदा भएको बताउनुभयो ।
हरेक पालिकामा एमाले सरकारमा आएपछि स्वास्थ्य संस्था निर्माण हुनेछन्, गरिवहरुका लागि जनता आवास घर निर्माण भएका छन् । जेष्ठ नागरीकको जीवन बिमा निशुल्क एमाले सरकारमा हुँदा लागुभएको छ । एकल महिला,जेष्ठ नागरीक, वृद्धवृद्धा र अपाङ्गताको दुख हेर्ने जनताकोृ पार्टी एमाले भएको अध्यक्ष ओलीको दाबी थियो । देशको विकासको लहर देखेर विपक्षी दलहरु एमाले प्रति आईलागेको बताउनुभयो । देशभरी गठबन्ध चलेको उहाँले बताउनुभयो । नेपाल पार्टी भनेको एमाले मात्रै भएको उहाँले बताउनुभयो ।
ओलीले लिए लिमीका तीन बालबालिकालाई निशुल्क पठनपाठन गराईदिने जिम्मा
हुम्ला पुग्नुभएका एमाले अध्यक्ष ओलीले उत्तरी नाम्खा गाउँपालिका वडा ६ लिमीका तीन जना बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पठनपाठन गराई दिने बताउनुभयो । उहाँले तील, जाङ, र हल्जीका गाउँमा रहेका तीनवटै विद्यालयका तीन जना बालबालिकालाई निशुल्क पठनपाठन गराई दिने बताउनुभयो । यस क्षेत्रमा रहेका विद्यालय वा सम्बन्धित वडाले समन्वय गरेर आफु समक्ष नाम टिपाएको खण्डमा पठनपाठन गराउने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष ओलीले विद्यालय तहका बालबालिकाहरूको सिकाइ निरन्तरता दिनुपर्ने र गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउनुभयो ।
चुनाव कसैले रोक्न नसक्ने
एमाले अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन्।
स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुुगेका अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने उहाँको भनाई थियो ।
स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला आइपुुगेका अध्यक्ष ओलीले सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै यो निर्वाचन कसैले रोक्न र छेक्न नसक्ने बताउनुभयो ।