सिमकोट । जनता समाजवादी पार्टी नेपाल हुम्लाको भेलाले सोमबार नयाँ जिल्ला कार्य समिती गठन गरेको छ । सोमबार बसेको बैठकले तेन्जिङ नुर्बु लामाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिती चयन गरेको जसपा हुम्लाले जानकारी दिएको छ । जसमा उपाध्यक्ष रमिता शाही (महिला) र दन्तबिर सुनार (दलित)बाट चयन गरिएको जानकारी प्राप्त भएको छ ।
यस्तै सचिव हेमराज शाही, सहचिव सुर्ज बहादुर सिंह, र कोषाध्यक्षमा उपाल लामालाई सर्वसहमतिबाट निर्वाचीत गरिएको जानकारी प्र्राप्त भएको छ ।
केही सयय अगाडी जनता समाजवादीको सिंगो जिल्ला कार्य समितीको टोली नेकपा माओवादी केन्द्रमा समाहीत भएको थियो । त्यस यता खाली रहेको जिल्ला कार्य समिती सोमबार गठन गरिएको हो ।