सिमकोट । कर्णाली प्रदेश हिमाली क्षेत्र हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं.०८ फुचा गाउँस्थित ‘हाम्रो कृषि सहकारी संस्था लिमिटेड’ का अध्यक्ष गगन कुमार ऐडीसँग कृषि सहकारी संस्थाले स्थानीयलाई गरेको योगदानको सन्दर्भमा नेपालकुरा मिडियाका लागि नरिवान ऐडीले तयार पारेको संवादः
नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरु च्याउसरी छन्, तर पनि तपाईले कृषि सहकारी संस्थानै किन रोज्नु भयो ? त्यो पनि आफ्नै गाउँमा ?
‘नेपाल एक कृषि प्रधान देश’ भएको ले हामीले यो कृषि सहकारी संस्थाको रुपमा स्थापना गर्यो । अझ गहिराईमा गएर हेर्ने हो भने कृषि सहकारी भनेको ग्रामिण भेगमा रहेको बेरोजगार यूवायुवतीहरु अर्थात् कृषि सम्वन्धी केही गरीखाने किसानहरुको लागि योगदान पुर्याउने हाम्रो धोको भएको कारण यहिको स्थानीयलाई टेवा पुर्यान यो संस्था यही दर्ता गरेका हौँ ।
पहिले यहाँ सहकारी संस्था नहुँदा र अहिले हाम्रो कृषि सहकारी संस्था हँुदा यहाँको स्थानीयवासीलाई के कस्तो सहयोग पुगेको छ ?
‘पहिलो कुरा त”,यहाँका स्थानीयवासीको शिक्षा अभावको कारण सहकारीको अर्थनै बुझेका थिएनन् । कतिपयले सहकारी संस्था खोल्ने सुरुवाती क्रममा,”के हो यो सहकारी भनेको ? सहकारीले के काम गर्छ ? सहकारीको नाममा पैसा उठाएर आप्mनो पेट भर्ने काम त होइन ? भन्ने जस्ता यावत सोध्ने गर्थे । तर ६÷७ वर्षको अन्तरालमा हाम्रो कृषि सहकारी संस्थाको रुप रङ्गलनै फेरेको छ । यहाँको बासिन्दाले अहिले यसको महत्वलाई बुझेका छन् । यहीनै यहाँका स्थानीयले पुर्याएको योगदान हो । विशेष हामीहरुको धारणा त के हो भने, ‘हाम्रो कृषि सहकारी भनेको पैसाको लेनदेन भन्दा पनि’ हाम्रै गाउँघरमा उत्पादन गरिने ‘कृषियोग्य’ अर्गानिक अन्नबाली, फलफुल, तरकारीलाई कलेक्सन गरेर बजारसम्म पुर्याउने लक्ष्य हो । तर भौगोलिक बिकतताका कारण सडक सञ्जाल अभाव हँुदा हामीहरुले अन्नबाली, फलफुल, तरकारी कृषकहरुको परिश्रमको सही ‘मूल्य’ हालेर सही ठाउँमा पुर्याउन सकेका छैनौँ । हाम्रो कृषि सहकारी संस्थालाई यही एउटा सकस भएको छ ।
तपाई यही कृषि सहकारी संस्थालाई पाइप पर्ने भरिपूर्ण भएको ठाउँमा खोल्न सक्नुहुन्थ्यों, तर यस्तो दुर्गम क्षेत्र त्यो पनि आफ्नै गाउँमा कृषि सहकारी संस्था खोल्ने आँट कसरी आयो ?
मलाई यस्तो आँट आउनुको कारण, मैले पहिले सहकारी संस्था सम्वन्धी तालिम लिएको थिएँ । हाम्रै गाउँमा सहकारी खोल्दा यसबाटै केही न केही हुन्छ भन्ने अवधारणा र गर्दै जाँदा नसकिने कुनै अवश्य हुँदैन भन्ने महत्वकांक्षा जाग्यो । यस्तैमा सोच्यौँ कि, सहकारी खोलेको ५÷६ वर्ष सम्म केही फाइदा नदेखेला तर त्यसपछि यसको महत्वलाई बुझेपछि भरपूर फाइदा अवश्यनै हुन्छ भन्ने लाग्यो । भविष्यकोे बाटो हामीहरुले सबैलाई देखाउने हो । पहिलेको तुलनामा अहिले धेरैको योगदान र साथ पाउँदै छौँ । सहरमा त सहकारी संस्था धेरै छन्, तर गाउँघरका किसानहरुको दुःखपीडा सहरीयाले बुझ्न सक्दैन । त्योपनि हाम्रो हुम्ला जिल्ला जस्तो बिकट ठाउँको किसानहरुको पीडा कसले सुन्छ र बुझ्छ होला ? त्यही कारण हाम्रो गाउँघरको किसानहरुको परिश्रमको सही मूल्य तिरेर सही ठाउँमा पुर्याउन सकोस् भन्ने उद्देश्यका साथ आफ्नै गाउँमा कृषि सहकारी संस्था खोल्ने आँट गर्यौँ । र हाम्रो कृषि सहकारी संस्था लिमिटेड नाम राखेर दर्ता गर्यौँ र अहिले हाम्रो गाउँघरका किसानहरुको परिश्रम हाम्रो सहकारीमा जम्मा हुन थालेको छ ।
यही सहकारी संस्थाको भवन सँगै तीनवटा ‘होम स्टे’ पनि सञ्चालन गर्नु भएको रहेछ, यो खोल्नुको तात्पर्य ?
यसमा हामीले कृषि सहकारीको पछिल्लो वि.सं.२०७४ सालको संशोधन विधान अनुसार कृषि सहकारी संस्थासँगै ‘होम स्टे’ पनि सन्चालनमा ल्याएका हौँ । यो होम स्टे सञ्चालनमा ल्याउनुको मुख्य कारण भनेको हाम्रो गाउँमा भएको अर्गानिक अन्नबाली, तरकारी, फलपूmलले भौगोलिक बिकतताका कारणले कुहिएर नष्ट नहोस् भन्ने हो । धेरैजसो खाने चीजहरु बजार नपाएर गाउँमानै कुहिएर जाने अवस्था हुन्छ । यस्तैमा हाम्रो किसानहरुको परिश्रम खेर नजाओस् भन्ने हेतु तथा यहाँको किसानहरुलाई हौसला प्रदान गर्न हामीले ‘होम स्टे’ सञ्चालनमा ल्याएका हौँ । किसानले उत्पादन गरेको कृषिजन्य थोकहरुलाई हामीले हाम्रो कृषि सहकारी संस्थामा जम्मा गर्ने र त्यही सामानहरुलाई यही होम स्टे सम्म पुर्याएर बाहिर जिल्लाबाट आउने आगन्तुक पाहुना, पर्यटकहरुलाई यहाँ घुम्न आउँदा हाम्र्रो कृषि सहकारीद्धारा सञ्चालित होम स्टेमा व्यवस्थापन गर्नेछौँ । हामीले होम स्टे सञ्चालन गर्नु अघि बाहिर जिल्लाबाट आउने आगुन्तुक पाहुनालाई हाम्रो गाउँमा बस्ने व्यवस्थापन एकदम कमजोर थियो । तर अहिले सहज भएको छ । अब यहाँ सरल बाटो नजोदिँदासम्म ‘होम स्टे’ बाटै पकाएर खुवाउने व्यस्था गरेका छौँ ।
कृषि सहकारीद्धारा सञ्चालित बगैँचा पनि छ रे, के छ यसको अवस्था ? के के रोप्नु भएको छ ? के छ भविष्यको योजना ?
हो, हामीहरु आफैँले बगैँचा बनाएका छौँ । गत वर्षबाट केही स्थानीयको जग्गा चक्लावन्दी हिसावले भाडामा सम्झौँता गरि कलेक्सन गरेरे भर्खर बोटबिरुवा रोपेका छौँ । विशेष गरी हामीहरुले स्याउ र ओखरलाई प्रथामिकता दिएका छौँ । यहाँ गत वर्ष मात्र १००० बोट स्याउ र ओखर रोपेका छौँ । अब आउँदो वर्ष २००० बोट रोप्नेछौँ । अहिलेत लगानी मात्र गरेका छौँ । उत्पादन केही भएको छैन । अबको ५÷६ वर्षमा वृहत बगैँचा बनाउने र राम्रो आम्दानी गर्ने तत्परताकासाथ योजना अगाडी बढाएका छौँ । अहिले यहाँ सडक सञ्जाल नभए पनि अबको केही वर्ष पछि यहाँ अवश्य जोडिन्छ । त्यसपछि यहाँ गाडीहरु गुड्ने छ । यस्तैमा दैनिक उपभोग्य सामान ल्याउने गाडीहरु बजारमा खाली जानु नपरोस् भन्ने हेतुले हामीहरुले बगैँचाबाट उत्पादन गरेको अर्गानिक फलफुल र अन्नबाली बजारसम्म पुर्याउने विचार गरेका छौँ । तत्काल आयस्रोत नभए पनि भविष्यमा हामीहरु “सुनको कचौँरा अवश्यनै थाप्ने छौँ” ।
हाम्रो कृषि सहकारी संस्थाको भावी कार्यक्रम के छ ?
हाम्र्रो कृषि सहकारी संस्थाको भावी कार्यक्रम अथाह छ, जुन म वुँदागत रुपमा भन्छु ।
१.कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुलाई राम्रो मूल्य दिएर, सहज तरिकाले बजारमा पुर्याउने ।
२. कृषकहरुलाई तालिमको व्यवस्था मिलाउने ।
३. कृषि सम्वन्धी केही गरिखाने किसानहरुलाई सहयोग गर्ने ।
४. गाउँघरमा कुहिन लागेका कृषिजन्य वस्तुलाई कुहिन नदिन व्यवस्थापन मिलाउने ।
५. यहाँका कृषकहरुले जतिपनि अर्गानिक वस्तुहरु फलाउँछन् ती सबै हाम्रो कृषि सहकारी संस्थाले संकलन गर्ने ।
६. हाम्रा किसानहरुलाई कृषि सम्वन्धी हौसला प्रदायक कार्यक्रम संचालनन गर्ने ।
७. कृषिबाटै जिविकापार्जन गर्ने किसानहरुलाई रोजगारीको सिर्जना गर्ने लगाय अन्य हाम्रो कृषि सहकारी संस्थाको भावी कार्यक्रम रहेको छ ।
हाम्रो कृषि सहकारी संस्था सम्वन्धी केही भन्न छुटेका र तपाईको मनमा जागेको कौतुहल्ता लागेका केही कुरा छन् त ?
कृषक वा सेयर सदस्यहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु गाउँमै कुहिएर जाने गरेको थियो । यस्तैमा संस्थाले “किसान त भेटायो तर त्यही किसानहरुले उत्पादन गरेको कृषिजन्य वस्तुहरुले बजार भेटाएन” “हामीहरु सुनको थालीमा बसेका छौँ तर सुुन खोज्न विदेशमा जान्छौँ” यहाँ अर्गानिक कृषिजन्य वस्तुहरु धेरै छन् । यसलाई नेपाल सरकारले बजारसम्म पुर्याउन बाटोको व्यवस्था मिलाइदिएको भए किसानहरु कृषि पेशा बाट असन्तुष्ट हुनुपर्दैन थियो होला । र हामीहरुले विदेशी सामान किनेर पनि खानु पर्दैन थियो । धन्यवाद ।
बाँकी यो भिडियो हेर्नु होला।