सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताजाकोट गाउँपालिका ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्न १० घण्टा पैदल यात्रा गर्नु पर्ने बाध्यता छ । मतदान केन्द्र टाढा भएकै कारण धेरै मतदाता मतदानमा सहभागी नहुने मासपुरका टेकबहादुर रोकायाले बताउँछन् ।
मासपुर गाउँवासीका लागि वडा कार्यालय नजिकैको कैलाश आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुग्न पूरा एक दिन लाग्छ । स्थानीय टेकबहमादुर रोकाया भन्छन्, ‘अब एक दिन पुग्न, भोट हालेर बेलुका घर आइपुगिदैन अनि अर्कोदिन फिर्ता हुने समय जोड्दा त तीन दिन लाग्ने भयो । अनि कसरी जानु भोट हाल्न ।
मासपुर गाउँमा २३ घरधुरी छन् । गाउँको जनसंख्या १०३ छ । गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना मतदाता रहेका वडा सचिव विष्णुलाल सार्कीले बताए । ‘त्यसमध्ये पनि ६० वर्षमाथिका १० मतदाता छन्,’ उनले भने ।
मासपुर गाउँवासीका लागि वडा कार्यालय नजिकैको कैलाश आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुग्न पूरा एक दिन लाग्छ । स्थानीय टेकबहमादुर रोकाया भन्छन्, ‘अब एक दिन पुग्न, भोट हालेर बेलुका घर आइपुगिदैन अनि अर्कोदिन फिर्ता हुने समय जोड्दा त तीन दिन लाग्ने भयो । अनि कसरी जानु भोट हाल्न ।’
मासपुर गाउँमा २३ घरधुरी छन् । गाउँको जनसंख्या १०३ छ । गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना मतदाता रहेका वडा सचिव विष्णुलाल सार्कीले बताए । ‘त्यसमध्ये पनि ६० वर्षमाथिका १० मतदाता छन्,’ उनले भने ।