हुम्लामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु,

बेलुमाया महतारा सोमबार, आषाढ २८, २०७८

सिमकोट । हुम्लाका एक सय पाँच जनाले दोस्रो चरणको कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोप लगाएका छन् ।

चीन सरकारले उपलब्ध गराएको भेरोसेलको दोस्रो डोज लगाउन शुरु भएको पहिलो दिन सोमबार (आज) जिल्ला अस्पतालमा राखिएको खोप केन्द्रमा जिल्लाका एक सय पाँच जनाले खोप लगाएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

‘६० वर्ष देखि ६४ वर्षको उमेर समुहका जेष्ठ नागरिक, अग्रपंतिमा खटेर काम गर्ने नागरि र उत्तरी छिमेकी मुलुक चीनसँगको सिमाना जोडिएका वस्तीका नागरिकहरुलाई प्राथमिकता दिएर पहिलो चरणको खोप लगाएका नागरिकहरु मध्येका एक सय पाँचजनाले दोस्रो चरणको खोप लगाएका हुन्’ बोहोराले भनिन्, ‘बाँकी रहेका नागरिकहरुका लागि मंगलबार पनि खोप लगाउने कार्यलाई वजारी राखिने छ ।’

चीन सरकारले पपिहलो चरणमा अनुदानका रुपमा दिएको ‘भेरोसेल’ खोप अन्तरगत जिल्लामा आएको झण्डैं दुई हजार डोजमध्ये पहिलो चरणमा खोप लगाएकालाई सरकारकै निर्णय अनुशार दोस्रो खोप लगाउन शुरु गरिएको हो । हुम्लामा गएको जेठ २८ गते देखि ‘भेरोसिल’ खोप लगाउन शुरु गरिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]