अवरुद्ध सेवा सुचारु

नेपालचेक समाचारदाता मंगलबार, बैशाख २०, २०७९

सिमकोट । हुम्लामा अवरुद्ध हुँदै आएको सञ्चार सेवा आज दिउँसोबाट सञ्चालनमा आएको छ । शनिबार राती देखि हुम्लामा सञ्चार सेवा अवरुद्ध भएको थियो । दैलेखको महावुलेखमा रहेको नेपाल टेलिकमको टावरको मर्मतपछि अवरुद्ध सञ्चार सेवा सुचारु भएको हो ।

नेपाल टेलिकम हुम्लाका प्रमुख रिजिआङ्वु लामाकाअनुसार टेलिकमका अवरुद्ध सबै सेवा तीन दिनपछि सुचारु भएको बताउनुभयो । टावरको रेडियो लिङ्कमा नयाँ उपकरण जडानपछि टेलिकमको एडीएसएल, मोबाइल र फोरजी सेवा सुचारु भएको जानकारी प्राप्त भएको छ ।

रेडियो लिंकमा भएको समस्या समाधानको लागि प्राविधिक टोली महाबुलेखमा सोमबार बेलुका पुगेको भएपनि मङ्गलबार दिउँसो मात्र मर्मत गरेर सेवा सुचारु गर्न सफल भएको हो । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह निर्वाचनको बारेमा जानकारी लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कठिन भएको थियो ।

त्यसैगरि महावुलेख नजिकको लेखमा फाइवरमा समस्या आएपछि जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकको सेवा पनि तीन दिनपछि सुचारु भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]