लिमीको मतपेटिका ल्याउन हेलिकप्टर पुग्यो

नेपालचेक समाचारदाता आइतबार, जेठ ०१, २०७९

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीको मतपेटिका पालिका केन्द्र ल्याउन हेलिकोप्टर पुगेको छ । आइतबार विहान नेपाली सेनाको हेलिकोप्टर सिमकोट पुगेर लिमी लागेको छ । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आज लिमीको तीन, जाङ र हल्जिको जामतपत्र ढुवानी हुने भइरहेको छ ।

लिमीबाट आउने नारा र न्यालु लेकमा हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी भइरहेको जानकारी प्राप्त भएको छ ।

लिमीका तीन वटा मतदान केन्द्रहरुमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङमा ५ सय भन्दा बढी मत खसेको छ । लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरु चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ सशस्त्र प्रहरीको सहयोगमा छिचोलेर पार गर्न सफल भएका हुन् ।

मतदान र अघिल्लो दिन लिमी जाने दुवै लेकमा हिमपात भएपनि कर्मचारी पैदल आउन नसक्ने अवस्था थियो । यसका लागि दुई दिन ढिलो गरि भए पनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुन् । लिमीको मतपेटिका नआउदासम्म नाम्खा गाउँपालिकाको मत गणना नभएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]