हुम्लाको सात गाउँपालिका मध्ये अध्यक्षमा तीन कांग्रेस, तीन माओवादी विजयी

नेपालचेक समाचारदाता बुधबार, जेठ ०४, २०७९

सिमकोट । हुम्लाका सातवटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । सम्पन्न भएका ६ वटा पालिकामा ३–३ गाउँपालिका गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका अध्यक्ष तीज हासिल गरेका छन् । गाउँपालिका अध्यक्ष सहित अधिकांस पालिका तथा वडाहरु गठबन्धले एलौटी प्यानल नै विजयी भएका छन् । नेकपा एमालेले अहिले सम्म कुनैपनि पालिकाको अध्यक्ष जीत्न सकिरहेको छैन् ।

जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी भएको छ भने खार्पुनाथ, सर्केगाड र अदाचनुली गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको हो । चंखेली गाउँपालिकाको वडा २ दुईको पुन आज बुधबारबाट मतदान भइरहेकाले चंखेलीको सार्वजनिक हुन नसकेको हो । हुम्लामा माओवादी र कांग्रेस दुईवटा दलले मात्रै गठबन्धन गरेका थिए ।

सिमकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) ले २८८२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्र बहादुर शाही (अविराम) ले १९६९ मत ल्याउनु भएको हो । राप्रपाका सुरेश महतले २८ मत ल्याउनुभएको छ । पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका सुशिला रोकायाले २४७४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी प्रतिमा लामाले १४ सय ५७ मत ल्याएर हार्नुभएको छ । भने राप्रपाका लक्ष्मि रावतले ३३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार खरायो चिन्हका उम्मेदवार दिप बहादुर सिंहले सात सय ६ मत प्राप्त गनुभएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित नेकपा माओवादी केन्द्रका प्रेम लामाले एक हजार ४६६ मत ल्याएर विजयी भएका हुन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत ल्याउनु भएको हो । उहाँ पनि नेपाली कांग्रेस निकट हुन् । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दिर लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो । उहाँ पनि कांग्रेस निकट हुन् ।

खार्पुनाथ गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका कर्ण बहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर गाउाापालिका अध्यक्षमा विजयी हुनु भएको हो । भने साथै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् । यहाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन् । उहाँले १ हजार ८७२ मत ल्याएका छन् । यस्तै उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याएका हुन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ देखि ५ सम्म सबै वडाध्यक्षदेखि वडाध्यक्षसम्म गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड गाउँपालिकामा पनि गठबन्धनको दलबाट नेपाली कांग्रेसका ठान बहादुर रोकाया ३ हजार ५४३ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका छन् । भने उहाँका प्रतिद्वन्दी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार चन्द्र सिंह कार्कीले ३ हजार २८२ मत ल्याएर विजयी भएका छन् । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका जुनकुरा कार्कीले १ हजार ६५ मत ल्याउनु भएको हो ।

ताँजकोट गाउँपालिका अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका लालकेश जैसीले एक हजार ८ सय १० मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । भने उहाँका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभएको हो । यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी हुनु भएको छ । कांग्रेसका उपाध्यक्ष पदमा निर्वाचित थापाले एक हजार ३ सय १० मत प्राप्त गरेर विजयी भएका हुन भने उहाँका प्रतिद्वन्द्वीमा एमालेका रुपचन्द्र ऐडीले ४७७ मत प्राप्त गरेका हुन् ।

एमालेको बलियो पकेट मानिएको अदानचुली गाउँपालिकामा समेत गठबन्धनका साझा उम्मेदवार नै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । पालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंहले १ हजार ५८ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । भने उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका दल फडेराले १ हजार तीन सय ५३ मत प्राप्त गरेका हुन् । फडेरा २०७४ सालमा पालिका अध्यक्षमा निर्वाचीत भएर पाँचवर्षको कार्यकाल सकेर पुन दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका थिए । यस्तै पालिका उपाध्यक्षमा गठबन्धनकै नेकपा माओवादी केन्द्रका कर्ण रोकायाले १ हजार नौ सय ९६ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन् । भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारीले एक हजार ६ मत प्राप्त गरेका हुन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]