हुम्लीलाई जिल्ला बाहिर जान मुस्किल

नेपालचेक समाचारदाता सोमबार, जेठ ०९, २०७९

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका नागरीकलाई यतिबेला जिल्ला बाहिर जान समस्या भएको छ । हुम्लामा उडान भर्दै आएका निजी एयरलाइन्सले निकै लामो समयदेखि हुम्लाका लागि नियमीत उडान नगर्दा सडकसँग नजोडिएको यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ति भएको छ ।

सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालले नछोएको हुँदा हुम्लाका नागरिक काम विशेषले शहर जानुपर्दा निकै समस्या भोग्ने परेको छ । सिता र समिट एयरलाइन्सले उडान नभर्दा सयौं यात्रु सिमकोटमा अलपत्रमा परेका छन् । जिल्ला बाहिर जानका लागि हरेक दिन जहाजको टिकट लिन विमानस्थल पुग्ने धेरै सर्वसाधारण खाली हात लिएर घर फर्किनुपरेको छ ।

निजी क्षेत्रको सीता र समिट एयरलाइन्स तथा सरकारी नेपाल वायु सेवा निगमको जहाजले दैनिक उडान नभर्दा विद्यार्थी, कर्मचारी, बिरामीलाई शहर जान सकस भएको सिमकोट गाउँपालिका–२ का मनोज बोहराले बताउनुभयो । परीक्षा दिन शहर जानुपर्ने विद्यार्थीले पनि जहाजको टिकट पाउन नसकेको बोहराले बताउनुभयो ।

जिल्ला बाहिर जानका लागि यहाँका नागरीकले लगातार विमानस्थल धाउँदा पनि खाली लिएर फिर्ता हुनु पर्ने बाध्यता छ । नेपालगञ्जबाट तारा एयरले दिनको एक फ्लाइट मात्र गरेपनि पहुँचवालाले मात्रै टिकट पाएर जिल्ला बाहिर जाने गरेको पाइएको छ ।

निजी एयरलाइन्स कम्पनीले नियमित उडान नगर्दा हुम्ली नागरिकले समस्या भोग्दै आएका छन् । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ ।

सामाग्री महंगीयो

हुम्लाका लागि उडान भर्दै आएका जहाजले उडान ठप्प पार्दा सिमकोटमा दैनिक उपभोग्य वस्तु देखि अन्य सामाग्रीको यहाँका सर्वसारधणले महंगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको छ । नेपालगञ्ज, सुर्खेतबाट दैनिक दिन भित्रीने मासु, तरकारी लगायतका सामाग्री ठप्प भएको छ । भने अन्य तेल, चिनी,दाल,मसला, लगायतका मूल्य आकाशिएको छ । यस्तै लगाउने कपडाको मुल्य समेत सिमकोटका पसल व्यवसायीले चर्को मूल्य अशुल्न थालेका छन् । अन्य खुद्रा सामाग्रीको मूल्य समेत महंगो हुँदा सर्वसाधरण मारमा परेका छन् । यस्तै दैनिक सामाग्रीको समेत अभाव देखिएको व्यापारीहरुले बताउने गरेका छन् ।

निर्माण सामाग्री ढुवानी ठप्प

हुम्लामा विकास निर्माणका सामग्र्री ढुवानी ठप्प भएको छ । जहाजले नियमीत उडान नभर्दा हुम्लाका लागि निर्माण सामग्री ढुवानी ठप्प भएको छ । निर्माण सामाग्री ढुवानी नहुँदा काम समेत ठप्प भएको ठेकेदार कम्पनीले बताउने गरेका छन् । विभिन्न विकास निर्माणका सामग्री ढुवानी हुन नसकेको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]