विद्यार्थीको परीक्षा छुट्दा समेत गृहजिल्लाकै मुख्यमन्त्री र मन्त्रीको वेवास्ता
सिमकोट । हुम्लामा झण्डै चारमहिना देखि निजी एयरलाइन्सले फाट्फुट्ट उडान भर्दै आउँदा यहाँका नागरीकलाई जिलला बाहिर जान सास्ति भएको छ ।
गएको वैशाख ३० गते भएको निर्वाचनमा आफु जित्नको लागि भोट हाल्न देशका विभिन्न शहरबाट विद्यार्थी तथा अन्य नागरीकलाई जहाज चार्डर गरेर जिल्ला ल्याएपनि अहिले उनिहरुलाई जिल्ला बाहिर जान थप सास्ति भएको छ । प्राय बढी जसो विद्यार्थी मर्कामा परेका छन् । चुनावको समय एक भोटको महत्व लिने उम्मेदवार तथा जनप्रतिनिधिले चुवान पछि व्यवास्था गर्ने गरेको विद्यार्थीको गुनासो रहेको छ ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरीकलाई एक मात्रै अन्तर जिल्ला जोडने हवाई सेवाभएता पनि निजी एयरलाईन्सहरुले नाफामुखी उडान गर्नाले टिकट पाउन मुस्किल भएको छ ।
सुर्खेत नेपालगन्जबाट नियमीत उडान गरिरहेका सिता, तारा, समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किलभएको छ । तारा एयरले एक दिनमा एउटा उडान गरे पनि एयरलाइन्सका हाकीमहरुले कोठाबाट नै टिकट बुक गर्दा पहुँच नभएका जिल्ला बाहिर जाने नागरीक तथा विद्यार्थीलाई समस्या भएको सिमकोट विमानस्थलमा टिकटका लागि भौतारी रहेका विद्यार्थीले गुनासो गर्ने गरेका छन् ।
बुधबार समिट एयरले हुम्लामा दुई फलाईट गरेको छ भने तारा एयरले एक मात्रै उडान गरेको हो । तारा एयरले इसेवाबाट टिकट बुकिङ्ग गर्दा सर्वसाधरण झन समस्यामा परेका छन् । जिल्लाका अधिकांस विद्यार्थीको परीक्षा समेत छुट्ने सम्भावना बढी भएको छ । पहुँचवालालाई मात्रै टिकट वितरण हुँदा आफ्नो परीक्षा छुट्ने भएको सिमकोट ३ का सन्दिप लामाले बताउनुभयो । टिकटका लागि दैनिक दिन निजी एयरलाइन्सको कार्यालय धाउँदा टिकट पाउन मुस्किल भएको लामाले गुनासो गर्नुभयो । आफु काठमाण्डौंमा अध्ययन गर्दै आएका र अहिले परीक्षा नजिक आएको भएपनि टिकट पाउन मुस्किल भएको लामाले गुनासो पोख्नुभयो ।
यस्तै १४ गते हुने लोकसेवा आयोगको परीक्षा दिन जाने विद्यार्थी थप मर्कामा परेका छन् । आजसम्म जिल्ला बाहिर उडन् नपाउँदा उनिहरुलाई झन समस्या बनाएको छ । सीता एयरले निकै लामो समयदेखि हुम्लाको उडान ठप्प गरेको छ । भने अन्य जहाजले तीन÷चार दिनको अन्तरमा एउटा उडान गर्ने गरे पनि निजी एयरलाइन्सका कर्मचारीहरुले भनसुनको आधारमा टिकट वितरण गर्दै आउने गरेका छन् । विहान ६ बजेदेखि सिमकोट विमानस्थलमा टिकटको लागि लाइन लाग्ने गरे पनि टिकट पाउन मुस्किल भएको छ ।
जिल्ला बाहिर जान पहुँचवाला र राजनीतिक दलका आसेपासेले मात्रै टिकट पाउने गरेका छन् विहानैदेखि टिकटका लागि विमानस्थलमा धाउने सर्वसाधारणहरुले टिकट नपाएर सास्ती भोग्दै आएका छन् । सिमकोट विमानस्थलमा टिकटका लागि एकाविहानै यात्रुको भीड हुन्छ ।
विद्यार्थीको परीक्षा छुट्दा समेत गृहजिल्लाकै मुख्यमन्त्री र मन्त्रीको वेवास्ता
कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाले प्रदेश सरकारको मूख्यमन्त्री र मन्त्री पद जिल्लाले पाएको छ । तर महिनौदेखि यात्रुले टिकट नपाए अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिहरको मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरीकले गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमीत उडान गराउँन प्रदेश सरकारले कुनै चासो देखाएको छैन् ।
नाफामुखी उडान भर्ने निजी एयरलाइन्सलाई प्रदेश सरकारमा रहेका मुख्यमन्त्री कार्यालय सुर्खेत र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले हुम्लाको नियमीत उडानका लागि कुनै वास्ता नगरेको भन्दै जिल्ला बाहिर जानको लागि टिकट नपाएर सिमकोट विमानस्थलमा भौतारी रहेका हुम्लीले गुनासो पोखेका छन् ।
जिल्लाका अधिकांस विद्यार्थीको परीक्षा समेत छुटिसकेको छ । तर हुम्लाबाट प्रदेश सरकारको नेतृत्व गरीरहेका मुख्यमन्त्री र मन्त्रीले कुनै वास्ता नगरेको बताइएको छ । चुनावका बेला जहाज चार्डरका चार्डर गर्ने जनप्रतिनिधिले समेत वास्ता गर्न छोडेका छन् ।
निजी एयरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोम लगायत पर्यटकीय स्थानमा व्यस्त गएपछि जिल्लामा उडान हुन पाएको छैन ।
पर्यटक आउने मौसममा त निजी एयरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाहरूको गुनासो छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक एक वटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लंघन गरी उडान ठप्प गरेका छन् ।