सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले वडा एक देखि आठसम्मका जनता माझ धन्यवाद कार्यक्रम सञ्चालन गरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफुलाई पालिका अधयक्षमा अत्याधिक भोट दिएर विजयी गराउँने मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिने कार्य गरिरहनु भएको जानकारी प्राप्त भएको छ । अध्यक्ष रोकायाले वडा नम्बर ४ रोडिकोटबाट जनतालाई धन्यवाद कार्यक्रम सञ्चालन सुरु गर्नुभएको हो । उक्त धन्यवाद कार्यक्रम सर्केगाड गाउँपालिकाका आठ वटैवडामा सञ्चालन हुनेभएको छ । भने जनतालाई धन्यवाद सँगै नवनिर्वाचित अध्यक्ष तथा सदस्यलाई स्वगत र निवर्तमान अध्यक्ष तथ सदस्यलाई बिदाई गर्ने कार्यक्रम समेत भईरहेको अध्यक्ष रोकायाले बताउनुभयो ।