हुम्लामा धान रोपाइँ सुरु

नेपालचेक समाचारदाता मंगलबार, जेठ २४, २०७९

सिमकोट । हुम्ला नेपालको उच्च हिमाली जिल्लामा पर्दछ । यहाँ वर्षमा एक पटक धान उत्पादन हुन्छ । धान जस्तै उच्च हिमाली क्षेत्रमा अन्य उवा जौ,जौ र गहुँ पनि वर्षमा एक पटक मात्रै उत्दान हुन्छ । अन्य चिसो,कागुनो, कोदो, लगायत जातका बाली वर्षमा दुई पटक उत्दान हुन्छ । हुम्ला नेपालकै उच्च हिमाली जिल्लामा पर्छ भने धान उत्पादन जन्मजातदेखि यहाँ उत्पादन हुँदै आएको छ । भने जिल्लाको उच्च क्षेत्रमा रहेको सिमकोट गाउँपालिकाको वडा आठमा रहेको खोल्सी गाउँमा समेत यहाँका स्थानीयले धान उत्पादन गर्दै आएका छन् । प्रत्येक वर्षको जेठ महिनाको मध्येदेखि असार पहिलो हप्तासम्म जिल्ला धान रोपाइँको चटारोमा यहाँका किसान व्यस्त हुने गर्छन् । हुम्लामा दुई थरी धानको उत्पादन यहाँका किसानले उत्पादन गर्दछन् । जिल्लामा रातो मासी धान र कालो मासी धान उत्पादन गर्दै आएका छन् । हुम्लाको खोल्सी, ग्याग्ररु,ताक्ला,बाम्टा, याङ्चु,छिप्रा,रिप, उनापानी, दार्मा लगायतका गाउँमा रहेका (जिउल) अर्थात खेतमा किसानलाई धान रोप्न भ्याइनभ्याइ भएको छ ।

यतिबेला किसानलाई कालीमार्सी तथा अन्य जातको धान रोपाइँमा विहानदेखि रातिसम्म खेतमा भ्याइनभ्याइ भएको खार्पुनाथ गाउँपालिका – ५ का स्थानीय दिल्ली बोहराले बताउनुभयो । जेठको मध्येदेखि असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो लाग्ने गरेको उहाँले बताउनुभयो ।

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका बाहेक जिल्लाको ६ वटा गाउँपालिकामा धान उत्पादान हुने गरेको जिल्ला कृषि विकास कार्यालय हुम्लाले बताएको छ । धान उत्पादन सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिका रहेका छन् । जिल्लाका ६ वटा गाउँपालिकाको ५८० हेक्टर धान उत्पादन हुँदै आएको सोही कार्यालयले बताएकोछ । यतिबेला यहाँका किसानलाई अन्य बालीको खनजोत नहुने भएका कारण धान रोपाइँमा व्यस्त हुने गरेका छन् । विहानै देखि खेतमा हलि सहित रोपाइँमा व्यस्त हुने गरेको सिमकोट गाउँपालिका–२ का हेमन्त बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्याग्ररु (जिउला) अर्थात खेतमा प्रया जसो अधिकांसका गाउँका स्थानीयको खेत छन्,यस क्षेत्रमा वर्षौदेखि धान उत्पादन हुँदै आएको छ, राम्रो उत्पादन नभएपनि अन्य बाली उत्पादन नहुँने भएकाले धान खेती मात्र गरिदैँ आएको छ । ” यहाँ धान र मकै उत्पादन हुन्छ प्राय जसो किसानले धान मात्रै फलाउने गरेको उहाँको भनाई छ । हुम्लामा एक केजी धानको रु दुई सय देखि २५० सम्म मूल्य पर्ने गरेको उहाँले बताउनुभयो । हुम्लाको बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा मात्रै धान उत्पादन हुने गर्दछ । नाम्खा बाहेक जिल्लाको ६ वटै स्थानीय तहमा धान खेती हुन्छ ।

यस्तै हुम्ला लगायत कर्णाली प्र्रदेशका जुम्ला, मुगु, कालिकोट, जाजरकोट, रुकुम र दैलेख लगायतका जिल्लामा धान रोपाइँ सुरु भईरहेको छ । उच्च पहाडमा फल्ने धानको भात स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ ।

यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र अडिलो हुन्छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]