सिमकोट । नेपालगन्जको राप्ती नदिमा पौडी खेल्न गएका हुम्लाका दुई जानको डुबेर मृत्यु भएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका – ८ घर भएका लेखराज छत्याल र सोहि गाउँका त्रिबल शाही रहेको जानकारी प्राप्त भएको छ । बुधबार नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीय सहित प्रहरीले खोजी गरिरहेको समयमा विहिबार विहान फेला पारेको आफन्त शर्मिला शाहीले बताउनुभयो । मृत्यक दुबै जना नेपालगञ्जमा १२ कक्षामा अध्ययन गर्दै आएका थिए ।
मृत्यक शाही बस्ने घरभेटीकै छोरा मृत्यु भएकोले मलामी गएको वेलामा पौडी खेल्न गएका दुवै जनाको मृत्य भएको हो । मृतक दुईजना विहिबार आजै हुम्लाका लागि जहाजको टिकटक लिएका थिए ।