विरामीलाई नाम्खा गाउँपालिकाद्धारा यातायातको व्यवस्था

नेपालचेक समाचारदाता बिहिबार, जेठ २६, २०७९

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले पालिका केन्द्र याल्वाङमा सञ्चालन भएको निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा विरामीलाई शिवर सञ्चालन केन्द्रसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक यातायताको सेवा शुरु गरेको छ ।

आजबाट उक्त सेवा सुरु भएको नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताउनुभयो १ वडा देखि ६ वडासम्मका अशक्त, गर्भवती, ज्येष्ठ नागरिक र आँखा शिविरबाट छानिएका मोतिविन्दु विरामीहरुको आवतजावतका लागि नाम्खा गाउँपालिकाले यातायातको व्यावस्थापन गर्ने निर्णय गरेअनुसार निशुल्क यातायातको व्यवस्था गरिएको हो । मुख्य गरेर आँखाका विरामीलाई शिविर सञ्चालन भएको स्थानी लैजाने र अप्रेशन गरिसकेपछि घरसम्म छोड्ने कार्य भइरहेको उपाध्यक्ष लामाले बताउनुभयो । शिवर अवधिमा गाउँपालिकाले बस्ने र खानाको व्यवस्था पनि गरेको गरेको छ ।

उतरी हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकामा जेठ २७ र २८ गते तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा निःशुल्क आँखाको शिवर सञ्चालन हुनेभएको हो । यस अघि सदमुकाम सिमकोटमा रहको स्वाथ्य कार्यालयमा दुई दिने आँखा शिविर सञ्चालन गरेको थियो ।

सिमकोटमा ४४ मोतियाविन्दु विरामीको शल्यक्रिया

जिल्ला अस्पताल हुम्लामा सञ्चालन भएको आँखा शिविरमा ४४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल हुम्लामा एक दिन शिविर सञ्चालन भएको थियो भने एक दिन मोतियाविन्दुभएका विरामीको शल्यक्रिया निःशुल्क उपचार गरिएको हो ।

निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६९९ भन्दा बढीको परीक्षण गरिएको हो । यस्तै आँखामा मासुपलाएको ४ जनाको अप्रेसन भएको छ । दुई दिन निःशुल्क आँखा शिविरबाट सिमकोट, खार्पुनाथ सहित अन्य छिमेकी गाउँपालिकाका नागरीकले उपचार पाएको जिल्ला आँखा उपचार केन्द्र हुम्लाका बुम बोहराले बताउनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला आँखा उपचार केन्द्र हुम्ला, नेपाल रेड क्रश सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा सदरमुकाम सिमकोटमा शिविर सञ्चालन भएको थियो ।

विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा गोविन्द पौडेले बताउनुभयो । उहाँका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो ।

आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा पौडेले बताए। बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्करुपमा गरिएको उहाँको भनाइ थियो । जिल्लामै आँखा परीक्षणको व्यवस्था भएकामा हुम्लीबासी हर्षित भएका थिए । तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा गोविन्द पौडेको संयोजकत्वमा चिकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेकोे थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]