कुकुरले टोक्दा एक महिला गम्भीर घाइते

नेपालचेक समाचारदाता मंगलबार, आषाढ ०७, २०७९

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा मङ्गलबार विहान छाडा छोडीएका कुकुरले टोक्दा गम्भिर घाइते बनाएको छ । सदरमुकाम सिमकोट स्थित रानीवनमा रहेको खेतमा गोडमेल गर्न गएको समयमा छाडा छोडीएका कुकुरहरुले टोक्दा सिमकोट गाउँपालिका वडा ५ का सप्पा रावतलाई शख्त घाइते बनाएको जिल्ला अस्पतालका सिनियर अनमी बोहराले जानकारी दिइन् । उनका अनुसार खेतमा काम गर्न एक्लै गएको हुनाले उक्त क्षेत्रमा रहेका छाडा छोडीएका कुकुरले टोकेर रावतलाई घाइते बनाएको छ ।

गोडमेल गर्दै गरेको जग्गामा छाडा कुकुरले टोकेर घाइते भएर लडेकी रावतलाई खेल मैदानमा फुटबल खेल्दै आएका मानिसले उद्धार गरेर जिल्ला अस्पतालमा उपचारका लागि पुर्याएको बताइएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको र जिल्ला अस्पतालमा उपचार गर्न सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको सिनिरय अनमी बोहराले बताउनुभयो । टाउको,शरिरको पछाडीको भाग, तिघ्रा, हात खुट्टा लगाएतका भागमा कुकुरले टोकेर जताततै घाउ बनाएको उहाँले बताउनुभयो । उनको टाउकोमा गहिरो घाउ बनेको र प्राथमिक उपचार अस्पतालमा गरिएको बताइन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]