सिमकोट । जिल्ला समन्वय समिती हुम्लाको प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) हुम्लाका शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचीत भएका हुन् ।
आज सातगते तोकिएको निर्वाचनका लागि नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । निर्विरोध निर्वाचीतले आजै पद तथा गोपनियताको शपथ समेत लिएका हुन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला समन्वय समितीको प्रमुख पदमा निर्विरोध निर्वाचित नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलुु फडेरा रहनुुभएको छ । त्यसैगरी, सदस्यहरुमा नेपाली काँग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धिरबहादुुर सिंह निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मुु तामाङ, सिंह सिंह र कर्ण दमाईलगायत विजयी हुनुभएको छ । यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय भएको थियो । निर्विरोध निर्वाचित भएपछि जिससका सबै पदाधिकारीले पद तथा गोपनीयताको शपथ र प्रमाणपत्र वितरण आज मङ्गलबार गरिएको हो ।