दश घरधुरी पहिरोको जोखिममा

नेपालचेक समचारदाता मंगलबार, आषाढ २९, २०७८

सिमकोट ।  हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर दुई थालीको झोबन्ना र भात्खानका गरी दश घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा रहेका छन् ।

दुई दिनको लगातारको वर्षाले झोबन्नाका ६ वटा र भात्खानका चारवटा वस्ति उच्च जोखिममा रहेको स्थानीय हरि बहादुर रावलले बताउनुभयो । मङ्सिर देखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिरोको लेदो बग्न थालेका कारण पहिरोको उच्च जोखिममा रहेको रावलले बताउनुभयो ।

गाउँको माथि पट्टि खेती योग्य जमिन रहेकाले माथिबाट बगेर आउने पानीलेलेदो बनाएर बगेर आउँदा पहिरोको जोखिममा रहेको छ ।

यो समय झोबन्ना र भात्खानमा गाईवस्तु पालनपोषणका लागी लिने र उक्त क्षेत्रमा वडा दुईका दश घरपरिवार बसोबास गर्दै आएको भएपनि लगातारको पानीले गर्दा माथिबाट आउने पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । यो क्षेत्रमा बस्तीमाथि जताततै भिरालो र भिर भएकाले थप जोखिम बढेको हो ।

उक्त क्षेत्रमा सिंह रावल, कर रावल,माने रावल, अज रावल, लब छत्याल नैन बहादुर छत्याल, कुस छत्याल विर्ख छत्याल, डिल्ली रावल, छत्त रावल, बुदे रावल,भगर रावल, लगायतका घरपरिवार जग्गा माथिबाट आउने पहिरोको उच्च जोखिममा रहेको स्थानीयले गुनासो गरेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]