अनेरास्ववियू हुम्लाद्धारा मुल्य वृद्धि विरुद्ध राके जुलुस

नेपालचेक समाचारदाता बुधबार, आषाढ ०८, २०७९

सिमकोट । नेपालमा पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको मुल्य वृद्धि तथा कालो बजारीका विरुद्ध नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु हुम्लाले सदरमुकाम सिमकोटमा बुधबार साँझ राँके जुलुस निकालेको हो । पाँच दलिय सत्तारुढ गठबन्धको सरकारले ढाड सेक्ने काम गरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला समेत दहन गरिएको हो । उक्त संगठनले मुल्य वृद्धि र कालो बजारी नियन्त्रणमा ल्याउन नसकेको भन्दै चर्को आलोचना गरेर नारा जुलुस गरेको हो । बुधबार साँझ सिमकोटमा अनेरास्ववियूका जिल्ला अध्यक्ष जयराज सन्ज्यालको नेतृत्वमा सरकार विरुद्ध विभिन्न नारा लगाउँदै राके जुलुस गरेको बताइएको छ ।

उक्त राके जुलुसमा शेरे तेरो पाराले दुख पायो साराले भन्ने नारा लगाएर बजार परिक्रमा गरिएको थियो । उक्त संगठनले एसपीपीका विरुद्ध समेत चर्को विरोध गर्दै नारा लगाएको अनेरास्ववियु हुम्लाका अध्यक्षसन्ज्यालले बताउनुभयो । गरीब जनताले यो सरकारबाट सास्ति खेपेको भन्दै अर्थमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]