सिमकोट । नेकपा एमाले जिल्ला कमिटी हुम्लाले स्थानीय तहका संयोजक तथा उपसंयोजक सहित अन्य विभागका प्रमुख तोकेको छ । एमालेको तेस्रो पूर्ण जिल्ला बैठकबाट सचिवालय सदस्य र नौ वटा विभाव प्रमुख, उप्रमुख सहित जिल्लाको सातवटै गाउँपालिका इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकेको जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो ।
सचिव बोहराको अनुसार संगठन विभाग प्रमुख कल बहादुर हमाल,गोकुल बुढा उपप्रमुख, न्याय तथा कानुन विभाग प्रमुख शुरेस बोहरा, पार्टी स्कुल विभाग प्रमुख डबल रावत, उपप्रमुख विनोद विक, प्रचार विभाग प्रमुख तिर्थराज बोहरा, उपप्रमुख नवराज महतारा, आर्थिक विभाग प्रमुख चन्द्र प्रकास ढकाल, उपप्रमुख डुक्ती लामालाई तोकेको छ । यस्तै स्थानीय विकास प्रमुखमा विमला कुमारी शाही, उपप्रमुख जय बहादुर शाही, सहकारी तथा गरिबी निवारण प्रमुख हस्त रावत, निर्वाचन प्रमुख अमर बहादुर शाही र युवा तथा खेलकुद विभाग प्रमुखमा छक्क बहादुर रोकाया, उपप्रमुखमा दिनेश शाहीलाई तोकेको जिल्ला पार्टी सचिव बोहराले बताउनुभयो ।
जिल्लाको सातवटै गाउँपालिका संयोजक र सह संयोजक पनि तोकिएको छ ।