ओली भेट्न बालकोट पुगे वामदेव

नेपालचेक समाचारदाता बिहिबार, आषाढ १६, २०७९

काठमाण्डौ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीको अध्यक्ष बनेका वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए ।

ओली निवासमा दुई नेताबीच कुराकानी भइरहेको छ । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड(माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

‘त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लाग्नुभयो । अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन्’, ओलीको भनाइ थियो ।

गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]