काठमाण्डौं । काठमाडौँको बुद्धनगरस्थित स्कुलको होस्टेलमा एक २१ वर्षीया युवती मृत फेला परेपछि विद्यालय तनावग्रस्त बनेको हो।
युवतीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन्। उनीहरुले अझै शव बुझ्न मानेका छैनन्। प्रहरीले भने पीडित परिवारसँग छलफल भइरहेको बताएको छ।
बिहानदेखि नै छलफल भइरहेको भएपनि आफन्तले शब बुझ्न नमान्दा प्रहरीलाएर्य भिड सम्हाल्न हम्मेहम्मे भएको छ।
प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका( ८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।