फोन गर्न अग्लो डाडा धाउनु पर्ने बाध्यता

नेपालचेक समाचारदाता बुधबार, आषाढ २२, २०७९

सिमकोट । हुम्लाका सबै स्थानमा नेटवर्कले काम नगर्दा फोन गर्नको लागि पनि अग्लो डाँडाेमा जानुपर्ने बाध्यता छ।

नेपाल टेलिकमको टावर अग्लो डाँडाेमा भएपनि होचा खोँचमा नेटवर्कले काम नगर्दा सेवाग्राही बाध्य भएर डाँडाेमा गएर फोन गर्नुपर्ने अवस्था आएको हो।

खार्पुनाथ गाउँपालिका- ४ कर्णाली नदी तिरको नल्न गाउँका बलिराज शाहीले सो क्षेत्रभरि नेपाल टेलिकमका नेटवर्कले काम नगर्दा सेवाग्राहीले फोन गर्न त्यहाँबाट टाढा अग्लो डाँडाेमा जानुपर्ने बताए।

यसरी यो गाउँका स्थानीयले चार वर्षदेखि फोन गर्दै आएका छन्। गाउँमा टेलिकमका कुनैपनि नेटवर्कहरुले काम नगर्दा यो समस्या स्थानीयले भोग्नु परेको हो।

चार वर्ष अगाडीसम्म सिडिएमए फोन सेवा हुँदा सदरमुकाम र जिल्ला बाहिर सम्पर्क गर्न सहज हुने गरेको थियो।

हाल सिडिएमए सेवा नेपाल टेलिकमले बन्द गरेपछि सेवाग्राहीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको हो। सो गाउँबाट अग्लो स्थान सिमकोट गाउँपालिका-३ को बरगाउँ डाँडाेमा नेपाल टेलिकमको टावर भएपनि खोँचमा रहेको उक्त गाउँमा नेटवर्कले काम नगर्दा यस्तो सास्ती खेप्नु परेको हो।

उनले सञ्चार सम्पर्क गर्नु परे बीस मिनेट टाढाको खार्पुनाथ शिवालय माथिको डाँडोमा गएर फोन गर्नुपर्ने अवस्था रहेको बताए।

उक्त गाउँमा मात्र १७ भन्दाबढी घरपरिवार बस्दै आएका छन्। प्रहरी चौकीका सुरक्षाकर्मीलाई पनि यही अवस्था भोग्नुपरेको छ।

त्यहाँका अधिकांश स्थानमा नेटवर्कमा समस्या हुँदा स्थानीयलाई हिँडेर डाँडाेमा पुगी फोन गर्नुपर्ने बाध्यता सिर्जना भएको हो। नेपाल टेलिकमले भने यस बारेमा आफूलाई जानकारी नभएको बताएको छ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]