हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेवीका लाई प्रोत्साहन दिएर बिदाई गरेको छ ।
लामो समय देखि स्वयम् सेविकाको रुपमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप रु १० हजार रुपैया सहित दोसल्लाह ओडाएर बिदाई गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए ।
साविकको मैला गाविसका ११ र मदना गाविसका ९ जना गरी २० जनालाई एकै पटक बिदाई गरेको संयोजक स्यांकुले बताए ।
स्वास्थ्य निति अनुसार कुनै पनि महिला स्वास्थ्य स्वयम् सेविका एसईई वा सो सरहको हुनु पर्ने प्रावधान अनुसार योग्यता नपुग्नुका साथै ६० वर्ष भन्दा माथिका महिलाहरु हुनु पर्ने व्यवस्था अनुसार उनिहरुलाई विदाई गरिएको हो ।
लामो समय देखि काम गरीरहेका योग्यता पुगेका पुराना स्वयम सेवीका भएपनि गाउँमा विवाद बढ्ने देखिए पछि गाउँपालिकामा कार्यरत २० जनालाई विदाई गरिएको हो ।
पुराना स्वयम सेविकालाई गरे लगत्तै अबको केही दिनमा याँ नियक्ती छनोट प्रक्रियालाई अगाडी बढाईने भएको बताइएको छ । गाउँपालिकाले नयाँ छनोट गर्ने महिला स्वास्थ्य स्वयम् सेविका एसईई सो सरहका साथै १८ वर्ष देखि माथि र ६० वर्ष उमेर समुह भित्रका अनुभवीहरुलाई छनोट गरी नियक्ती गरिनेभएको संयोजक स्यांकुले बताए ।