सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा जेष्ठनागरिकका लागि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । नाम्खा गाउँपालिका–३ खलागगाउँको झुलमा दुई दिनसम्म शिविर सञ्चालन भएको हो । निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा एक सय सात जना जेष्ठनागरिकले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिनुभयो । उनका अनुसार उक्त शिविरमा महिला ५८ जना र पुरुष ४९ जना गरेर १०७ जना जेष्ठनागरीकले सेवा लिएको बताउनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले पछिल्लो समय विभिन्न गाउँवस्तिमा पुगेर योग शिविर तथा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । दुरदराजका नागरीकले पछिल्लो समय यो उपचार प्रदती प्रति आर्कशित हुँदै आएका छन् । यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोटमा रहेको कार्यालयमा विभिन्न रोगका १५ देखि २० जनासम्म विरामी उपचारका लागि आउने गरेको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।