सिमकोट । राष्ट्रिय बाणीज्य बैंकले नगद अभाव हटाउन बुधबार ३० करोड नगद थप गरेको छ ।
असार मसान्तको समयमा जिल्लाभरका योजनाहरुका उपभोक्ता समितिले एकै पटक भूक्तानी लिन आएकापछि नगद अभाव भएको हुम्लामा बाँकेको नेपालगञ्ज देखि समिटि एयरको विमान चार्टर गरेर बाणीज्य बैंकले ३० करोड नगद थप गरेको राष्ट्रिय बाणीज्य बैंक सिमकोट शाखाका प्रबन्धक सविता शाहीले जानकारी दिइन ।
“असार २५ गतेयता विकासे रकमको भुक्तानीमा अजपेक्षित रुपमा वृद्धी आएपछि नगद भुक्तानी सकिएको हुम्लामा अब भुक्तानी सहज भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा आज ३० करोड नगद चार्टर गरेर जिल्ला ल्याइएको हो” शाहीले नेपालवोटलाई भनिन्, “असार २५ गते बैंकमा २५ करोड नगद मौज्जात भएपनि हरेक तीन ५।६ करोडको भुक्तानी लिन थालेपछि तीन दिनमै बैंकमा नगद अभाव भएको हो ।”
२७ गतेयता नगद मौज्जात कम भएको बाणीज्य बैंकमा २८ र २९ गते दश हजारको चेकबाहेकका चेकको भुक्तानी गर्न नसकिएको राष्ट्रिय बाणीज्य बैंक हुम्लाले जनाएको छ । आज चार्टर गरेर आएको नगददे अवको एकसातासम्म सहज रुपमा भुक्तानी हुने अनुमान बैंकले गरेको छ ।
हरेक दिन एक चेकबाट ९ लाख ९९ हजारको भुक्तानी दिने बताउनु भएका शाखा प्रबन्धक शाहीका अनुसार २५ गतेयता नेपाल राष्ट्रबैंकले तोकेको सिलिङ अनुसार नैं बैंकले हरेक चेकको भुक्तानी दिने काम गरिरहेको छ ।