ओलीले बाेलाए एमाले स्थायी कमिटी बैठक

नेपालचेक समचारदाता मंगलबार, आषाढ २९, २०७८

काठमाडौँ – एमाले अध्यक्ष तथा हालै प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन्।

ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि मंगलबार दिउँसो १ बजेका लागि एमाले स्थायी कमिटीको बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुनेछ।

आन्तरिक किचलोमा रहेको एमालेको एकता प्रक्रियाका लागि ओली तथा नेता माधव नेपाल समूहका नेताहरु रहेको कार्यदलले सहमति गरेको छ ।

तर त्यसलाई लिएर विवाद सुरु भइसकेको तथा सर्वोच्चको फैसलापछिको अवस्थालाई लिएर अन्यौल सिर्जना भएका बेला बैठक हुन लागेको हो ।

सोमबार सर्वोच्च अदालतले संसद विघटन खारेज गर्दै ६ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन तथा मंगलबार बेलुका ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]