सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले बुधबार विहान गाँजाका बोट नष्ट गरेको छ । सिमकोट बजारको विभिन्न छेउछाउका बाँझो जग्गामा प्राकृतिक रुपमा उम्रेका बोटहरु नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाको समदाय प्रहरी साझेदारी अन्तरगत बुधबार विहान जिल्ला प्रहरी कार्यालयमा कार्यरत र दुरसञ्चार मार्गबाट खटिएका प्रहरी टोलीले गाजाका बोट नष्ट गरेको बताइएको छ ।
२६ जना प्रहरीको टोलीले सिमकोट तल्लो बजारको धपीरुख चोकदेखि खेलमैदान, हुँदै तीनधारा, मानसरोवर स्कुल देखि लोकतान्त्रीक चोक भित्र झण्डै ६ रोपनी जग्गामा प्राकृतिकरुपमा उम्रेका गाजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक कृष्ण ओझाले जानकारी दिनुभयो । उहाँ अनुसार सिमकोट बजार क्षेत्रको विभिन्न स्थानमा उम्रेका पाँच हजार पाँच सय बोट नष्ट गरिएको हो । यो सयम गाजाका बोटहरु खालि स्थानमा उम्रिने भएका कारण नागरीक कुलतको बाटो फस्ने सम्भावना बढी भएकाले बोट नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो ।