सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्ष भरजंग शाहीले आफ्नो पहिलो पारिश्रमीकबाट खाद्यान्न सहयोग गर्नुभएको हो । वडा नम्बर पाँचमा रहेको गरिब,असाय, दलितलाई राज्यबाट पाउने सेवा सुविधाबाट खाद्यान्न सहयोग गरेको शाहीले बताउनुभयो ।
वडाध्यक्ष शाहीले चुनावको बेला आफुले जनतामा दिएको बाचा अनुसार वडा नम्बर पाँचमा रहेका दलित, एकल महिला र पुरुष तथा आफ्नो आम्दानीबाट खानालाउन नपुग्ने २४ घरधुरीलाई खाद्यान्न सहयोग गर्नुभएको हो । प्रतिपरिवार १५ केजीका दरले सहयोग गरिएको बताइएको छ ।
पहिलो पारिश्रमिक आफ्नो खातामा आएलगत्तै सहयोग सुरु गरिएको र अब यो क्रम जारी रहने वडाध्यक्ष शाहीले बताउनुभयो । आफ्नो वाचाअनुसार पहिलो पारिश्रमिकबाट आफ्नो वडाका न्यून आयश्रोत भएका परिवारलाई खाद्यान्न गरेका हुन् । यसअघि शाहीले आफु निर्वाचित भएसलगत्तै राज्यबाट पाउने सेवा सुविधाबाट सुत्केरी उद्धार,विरामी उपचार र घरमा खाना नपुग्नेलाई खाद्यान्न लगायतका सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
यो आफ्नो पहिलो पारिश्रमिकबाट भएको र यस पछि उक्त वडाका वास्तविक गरिव, निमुख जनताको समस्यालाई पहिचान गरी सोही अनुसारको आफ्नो पारिश्रमिकबाट सेवा उपलब्ध गराउने शाहीले बताउनुभयो ।