प्रयोग बिहिन विद्यालयको आईसिटि ल्याब

नेपालचेक समाचारदाता आइतबार, साउन १५, २०७९

सिमकोट । हुम्लाको अदानचुली गाउपालिकाकोे केन्द्र रहेका श्रीनगर सुर्योदय माध्यमिक विद्यालयमा आइसिटी ल्याब प्रयोग बिहिन भएका छन । आइसिटि ल्याव सञ्चालन गरेको एक वर्ष वितिसक्दा पनि पावर नहुँदा आइसिटि ल्याव प्रयोग विहिन बनेका हुन् ।

विद्यालयको ल्याव स्थापना गरेर शिक्षक तथा विद्यार्थीलाई कम्प्युटर शिक्षा पठन–पाठन सहज होस् भन्ने उद्देश्यका साथ नेपाल सरकार संञ्चार तथा सुचना प्रविधि मन्त्रालय र उर्जा किकास मन्त्रालयको साझेदारीमा आर्थिक वर्ष २०७८।७९ मा विद्यालयमा २० वटा कम्युटर सेट जडान गरिएको एक वर्ष भईसक्दा समेत पावर नहुँदा प्रयोग बिहिन भएको बताइएको छ ।

कक्षा ६ देखी ८ सम्म कम्प्यूटर शिक्षाको व्यवस्था भएपनि शिक्षा मन्त्रालयले कम्युटर शिक्षा विषय ल्याए देखिनै विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी अध्धयन गर्न तयार भएपनि विद्यालयमा विद्युत नभएपछि ल्याव प्रयोग बिहिन भएको छ ।

विद्यालयको पाठ्यक्रममा कम्यूटर शिक्षाको व्यवस्था गरेदेखि अध्यन गरेका विधार्थीले कुनै प्रयोगात्मक कक्षा लिन नपाएको गुनासो गरेका छन् । गत वर्ष विद्यालयमा नयाँ कम्प्युटर जडान हुँदा सबै विद्यार्थीले आ–आफ्नो कम्प्युटर प्रयोग गरेर अध्ययन गर्न सहज हुने आशा गरेपनि विद्यालयले पावरको व्यवस्थापन गर्न नसक्दा कक्षा सञ्चालन हुन नसकेको हो ।

शुरुका वर्षमा कम्प्युटर नहँुदा प्रयोगात्मक कक्षा लिन समस्या भएपनि अहिले कम्यूटर सेट प्रयाप्त हुँदा पावर नभएपछि प्रयोग बिहिन भएका छन् । विभागले गत वर्ष अदानचुलीको पाल्स स्थित कैलासपुरी माध्यमिक विद्यालय र सुर्योदय माध्यमिक विद्यालयमा हेलिकप्टरको महङ्गों भाडा तिरेर ल्याएका कम्प्यूटर प्रयोग बिहिन भएका हुन् ।

दुबै विद्यालयका लागि २० कम्यूटर, ४ सिसि क्यामरा सहितको १ सेट, युपिएस सोलार सिस्टम र फाईबर नेट समेत जडान गरिएको छ । उत्त विद्यालयमा राखिएका सामाग्री प्रयोगमा ल्याउन ५ किलो वाट क्षमताको पावरको आवश्यक परेपनि त्यसको व्यवस्था भएको छैन् ।

विद्यालय स्रोतले गाउपालिकामा बत्ती बल्ने आशामा अहिलेसम्म जेनेरेटर खरिद नगरेको जानकारी दिएको छ । बिद्यालयमा २ किलोवाड क्षमताको सोलारले नभ्याए पछि विद्यालयको कम्युटर ल्याब सञ्चालनमा आउन सकिरहेको छैन । यसैबिच अदानचुली गाउपालिका भरीका माध्यामिक बिद्यालयमा कम्यूटर ल्याभ सञ्चालन गर्न पर्ने भए पनि प्रयाप्त स्रोत नहुँदा विद्यालयमा केही सामाग्री पयोग बिहिन हुन पुगेका छन भने केही सामाग्री अनियमिताता समेत रहेको खवरमा उल्लेख गरिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]