हुम्लामा आठ महिनापछि देखियो कोरोना, एक जनामा संक्रमण पुष्टि

नेपालचेक समाचारदाता सोमबार, साउन २३, २०७९

सिमकोट । कोरोना संक्रमण मुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिना पछि एक जनामा संक्रमण देखिएको छ । लामो समयदेखि कोरोना संक्रमित शून्य भएको जिल्लामा सोमबार एकजना पुरुषमा पोजेटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का ५० वर्षिय एक जना पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा उनिमा आशंका लागेर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल हुम्लाका भक्ति फडेराले बताउनुभयो । कोरोनाको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका विरामीमा परिक्षण गर्दा पोजेटिभ देखिएको फडेराले बताउनुभयो ।

संक्रमित विरामीलाई अहिले आइशोलेसनमा राखिएको जानकारी प्राप्त भएको छ । आज सोमबार एक जना विरामीलाई मात्रै परीक्षण गरिएको थियो ।

यस भन्दा अघि पौष महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]