बाल क्लबका सदस्यहरुलाई बाल अधिकार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
हुम्ला जिल्ला तल्लो भेगमा रहेको चंखेली गाउँपालिकाको समन्वयमा चंखिली गाउपालिकाको वडा नं. १ देखि ६ बिधालयहरुमा गठित सात वडा बाल क्लबका सदस्यहरुलाई गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकृकित सामुदयिक विकास परियोजना अन्तरगत किडार्क नेपाल हुम्लाको आयोजनामा दुई दिने तालिम सम्पन्न हो ।
आजै संचालन भएको तालिमलाई गुड नेवर्स इन्टरनेशनल नेपालका बाल प्रायोजन सहायक हिमाल पहरी र सेर बहादुर बि.सी. ले सहजिकरण गर्नु भएको गुड नेवर्स इन्टरनेशनल नेपालको कार्यलय स्रोतले जानकारी दिएको छ ।
चंखिली गाउपालिकाको निमाबी स्थरका सात वटा बिधालयका ९८ जना बाल क्लबका सदस्यहरु सहभागी भएका गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक नारायण प्रसाद चौदरी ले बताउनु भएको छ ।
उक्त तालिममा बाल क्लबका सदस्यहरुलाई बाल अधिकार, बाल संरक्षण, बाल श्र्रम, बाल विवाह र नेतृत्व विकास सम्बन्धि कुराहरुमा केन्द्रित भएको थियो ।
तालिमले बाल क्लबका सदस्यहरुलाई आफ्नो अधिकार, कानूनी प्रावधान तथा नेतृत्व विकास सम्बन्धि कुराहरु बारे जानकारी पाएका छन् ।
बाल क्लबका सदस्यहरुले आफ्नो प्रतिभा प्रस्फुटन साथै बिधालयमा हुने अतिरीक्त क्रियाकलापहरु सहज हुने कुरा तालीमा सहभागिहरुको भनाई रहेको छ ।