नेपालगन्जबाट उडान भर्दै आएका हवाई जहाजले नियमित रुपमा यात्रु बोक्न नमानेपछि हुम्लाका यात्रुहरु नेपालगन्जमा अलपत्र परेका छन् ।
नेपालगन्जबाट उडान भर्दै आएका हवाई जहाजले नियमित रुपमा यात्रु बोक्न नमानेपछि हुम्लाका यात्रुहरु नेपालगन्जमा अलपत्र परेका छन् ।
दैनिक दिन नेपालगन्जको विमान स्थलमा हुम्लाका लागि उडान हुन खोजे पनि सेडुल फलाइटका कारण नेपालगन्जमै अलपत्रमा पर्नु परेको यात्रु विष्णु भक्त पाण्डेले गुनासो गर्नु भयो ।
बाँके जिल्लाको नेपालगन्जबाट उडान भर्दे आएका तारा, समिट, सिता र नेपाल एयरलाइन्सले मानिसहरुलाई नबोकेर कार्गे मात्रै ओसार्ने गरेपछि यात्रुहरुलाई समस्या भएको छ । यो वर्षको डेढ महिनादेखि यता केएनको निर्णले नेपालगन्जबाट हप्ताको दुई दिन विहिबार र शनिवार मात्रै यात्रु बोक्ने र अन्य सवै दिन कार्गो मात्रै आसारर्ने गरेपछि हवाई यात्रुलाई समस्या भएको हो ।
यो भन्दा पहिला नेपालगन्ज र सुर्खेतबाट मानिसहरुलाई बोक्ने हवाई जहाज केही दिन यता सर्खेतबाट समेत यात्रु बोक्न छोडि सकेको छ । सुर्खेतमा रहेका मानिसहरु पनि नेपालगन्जमा धाउनु पर्ने बाध्यता रहेको यात्रु पाण्डेले बताउनु भयो ।
सडक सन्जालले नछोएको हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकाका स्थानीयहरु गाडि मार्फत घर पुग्ने गरेको भए पनि जिल्लाका खार्पुनाथ, सिमकेट र नाम्खा गाउँपालिकाका स्थानीयलाई हवाई जहाज नभई नहुने भएको छ ।
त्यस्तै सदरमुका समेत रहेको सिमकोटमा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीलाई पनि हवाई जहाजकै आवश्यक्ता पर्ने गरेको छ ।
हप्ताको कहिलेकाँही उडान भर्दै आएको जहाजमा पनि पहुँजवाला व्यक्तिहरु मात्रै उडने गरेको पाण्डले नेपालचेकलाई दुख व्यक्त गरे।
पहिले नेपालगन्ज र सुर्खेत झर्दा ५ देखि साढे ६ हजार र नेपालगन्ज र सुर्खेतदेखि हुम्ला आउँदा करीव १३ हजार रुपैयाँ पर्ने हवाई भाडा हाल सेडुल फलाइडका कारण दुर्व तर्फि ९ हजार २ सय ६५ रुपैयाँ पर्ने गरेको सिता एयर नेपालगन्जका सहायक स्टेशन इन्चार्ज सन्दिप भण्डारीले बताउनु भयो ।