जनताको साथमा कांग्रेस, कार्यक्रम उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही गृह जिल्ला हुम्लामा आइ पुग्नु भएको छ ।
जनताको साथमा कांग्रेस, कार्यक्रम उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही गृह जिल्ला हुम्लामा आइ पुग्नु भएको छ ।
नेपाली कांग्रेसको भोलिदेखि हुने जनताको साथमा कांग्रेस’ अभियानका कार्यक्रम उद्घाटनका लागि मंगलबार हुम्ला पुग्नु नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाले बताए ।
देशभर जनताको साथमा कांग्रेस, कार्यक्रम भदौ १० गतेबाट सुरु भएका भए पनि हुम्लामा यो कार्यक्रम भदौ १५ गतेबाट सुरु गरिने उपसभापति रोकायाले जानकारी दिनु भयो ।
यस अघि नै हुम्लाका लागि केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य कर्ण बुढालाई खटाएको भएपनि उहाँ बिरामी भएका कारण निर्धारित मितिमा आउन नसकेपछि उक्त कार्यक्रम सरेको थियो ।
मुख्यमन्त्री शाहीलाई सिमकोट विमानस्थलमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक कृष्णराज ओजा, कांग्रेस जिल्ला उपसभापति रोकायालगायतले सिमकोट स्वागत गरेका थिए।
मुख्य मन्त्री शाही भोलि आफ्नो अभियानलाई उद्घाटन गरेर सुर्खेत तर्फ फर्कने कार्यक्रम रहेको नेपाली कांग्रसको स्रोतले जनाएको छ ।