सीमाक्षेत्रमा स्वदेश फर्किनेको भीड

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमानाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मृख्य नाकाको रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको संख्यामा पनि वृद्धि भएको छ।  

नेपालचेक समाचारदाता बुधबार, भाद्र १५, २०७९

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमानाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको मृख्य नाकाको रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको संख्यामा पनि वृद्धि भएको छ।

हाल दैनिक यो नाका भएर एक सयजना स्वदेश भित्रीइरहेका सीमा प्रहरीचौकी झुलाघाटका वरिष्ठ हवल्दार डम्बरसिंह कार्कीले जानकारी दिए। अन्य समयमा खासै चहलपहल नहुने यस नाकामा गौरा नजिकिएसँगै भीडभाड बढेको छ।

उनले भने, ‘अन्य समय खासै चहलपहल नहुने भए पनि गौरा नजिकिएसँगै भीडभाड बढेको छ, सीमाक्षेत्रका नेपाली किनमेलका लागि पनि भारतको झुलाघाट जाने भएकोले पनि थप चहलपहल बढेको छ।’

रोजगारीका लागि  भारतका विभिन्न शहरमा रहेका नेपाली अहिले गौरा मनाउन घर फर्किरहेका छन्। स्वदेश फर्किनेमा बैतडी, बझाङ्ग, डडेल्धुरा, बाजुरा, अछाम डोटी‚ मुगु र हुम्लालगायत जिल्लाका बासिन्दा रहेका छन्।

घरपरिवार पाल्नका लागि भारतमा रोजगारी गर्ने नेपाली अहिले गौरा मनाउन घर फर्किरहेका छन्। भारतको पिथौरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वार लगायतका विभिन्न शहरमा यहाँका बासिन्दा कामका लागि जाने गरेका छन्।

यस नाकाबाट अहिले भारतीय बजारमा जानेको संख्या पनि बढेको बताइएको छ। लत्ताकपडा र दैनिक उपभोग्य सामान खरिदका लागि पनि स्थानीयहरू भारतीय बजार  झुलाघाट आउजाउ गर्ने गरेका छन्। चाडपर्वका वेला यहाँका बासिन्दा दैनिक उपभोग्य  सामान खरिद गर्न  भारतीय बजार  झुलाघाट जाने गरेका छन्।

स्वदेश फर्किनेको संख्यामा वृद्धि भएसँगै सीमानाका झुलाघाट र बैतडी सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारीसाधनमा पनि यात्रुको चाप बढेको छ।

कोरोना संक्रमण कायमै रहेकाले नाकामै हेल्थ डेस्क स्थापना गरेर स्वदेश फर्किनेको एन्टिजेन परीक्षण पनि भइरहेको छ। गौरा बिहीबार शुरु हुँदै छ। भदौ १८ गते गौराको मुख्य दिन हो। दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई लिइन्छ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]