तीनदिनदेखि रक्तश्रावले घरमै थला परेकी ए सर्केगाड २ रिपकी फागुनी महतारको हवाई उद्धार गरिएको छ ।
सिमकोट । तीनदिनदेखि रक्तश्रावले घरमै थला परेकी ए सर्केगाड २ रिपकी फागुनी महतारको हवाई उद्धार गरिएको छ ।
लगातार रक्तश्राब नरोकिए पछि जिल्ला अस्पतालको सिफारिसमा महतारको निजि खर्चमा डाइनोस्टिक हेलिकोप्टरमार्फत उनकोे उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ ।
४० वर्षिय फागुनी महताराको अचानक भएको रक्तश्राव नरोकिदा ज्यानमै खतरा भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला अस्पताल सिमकोट ल्याइएको बिरामीकी छोरी गोरी महताराले बताइन ।
जिल्लाको मध्यभेग सर्केगाड २ रिपमा भएको स्वास्थ्य संस्थामा रत्तश्राव रोक्ने कुनै उपाय नभएपछि हेलिकोप्टर चार्टर गरेर महतरा लाई सिमकोट ल्याउने परेका फागुनी महताराकी छोरी गोरी महतराले बताइन ।
सिमकोटमा ल्याएपछि अहिले मेरी आमाको अवस्था खतारा मुक्त रहेको अस्पतालका चिकित्सकले उल्लेख गरेका छन् ।‘
आमाको रक्तश्राव केहि गर्दा नि नरोकिएपछि एक लाख रकम तिरेर हेलिकोप्टर चार्टटर गरेर उद्धार गरी सिमकोट ल्याएपछि आमाको अवस्था खतारा मुक्त रहेका छोरी गोरी महताराले बताइन् ।
गाउमा रहेको स्वास्थ्य संस्थाहरुमा भरप्रर्दो औषधि नभएपछि सामान्य विरामीहरुलाई पनि हेलिकप्टर चाटर गरि जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुराउनु पर्ने हुम्लाको बाध्यता छ ।
रिप गाउँको स्वास्थ्य चौकीमा उपचार संभव नभए पछी थप उपचारका लागि बिरामी महतारालाई आइतबार (आज) अपरान्ह २ वजे हवाई उद्धार गरेर जिल्ला अस्पताल सिमकोट ल्याइएको जिल्ला अस्पताल हुम्लाका ल्याव टेक्निसियन भक्ति फडेराले जानकारी दिए ।
ल्याव टेक्निसियन फडेराका अनुसार अस्पताल पुर्याउने वित्तिकै इमरजन्सीमा उपचार गरिएकपछि बिरामी महताराकोे अवस्था खतरा मुक्त छ ।