गठबन्धनमा किचलो : तालमेल सजिलो, भागबण्डा पेचिलो

नेपालचेक समाचारदाता मंगलबार, भाद्र २१, २०७९

काठमाडौ । प्रतिनिधि तथा प्ररदेशसभा निर्वाचनको मिति घोणा गर्नुभन्दा अघिदेखि गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरुले गठबन्धनमा सिट बाँडफाँटको खाका अझै तय गर्न सकेका छैनन् । दलहरुले आफ्नो सिट संख्या दावीको पुरानै बटमलाइन नछाडेपछि कस्ले कति सिट पाउँने र के आधारमा सिटको भागबण्डा नर्गे भन्ने विषय पेचिलो बनेको हो ।

चुनावको मिति दुई महिना मात्रै बाँकी रहदा सम्म दलहरुबीच भागबण्डाको संख्या र आधारका विषयमा मतएकता नहुँदा विभिन्न चरणमा बसेका शीर्ष नेता तथा कार्यदलका बैठकहरु विना निष्कर्ष टुंगिएका छन् । ३ हप्ता अघि देखि प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनका शीर्ष नेता तथा सिट बाँडफँट कार्यदलको बैठक निरन्तर बसिरहेपनि तार्कीक निष्कर्षमा पुग्न नसकेको नेताहरुले स्वीकार गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताउनुभयो । सिट बाँडफाँटको विषय सम्भव हुन्छ, हुन्न भन्ने शंशय कामै रहेको नेपालको भनाइ छ । ‘निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ, हुन्न भन्ने प्रश्न उठेको छ,’ उहाँले भन्नुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]