दुई सातामा भारतीय सहित ८ सय ३५ पर्यटक भित्रिएः स्थानीय तहलाई झण्डै १० लाख राजस्व संकलन ।

नेपालचेक समाचारदाता मंगलबार, भाद्र २१, २०७९

गएको दुई सातामा हुम्लानमा ८ सय ३५ जना विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । धार्मिक र सांस्कृतिक महत्व बोकेको कैलास मानसरोवारको नेपाली भूमिबाट दूरदर्शन गर्न सकिने भएपछि छोटो समयमा यति धेरै पर्यटकले भ्रमण गरेका छन् ।

गएको भदौं ७ गते देखि छिमेकी मुलुक भारत लगायतका देशबाट आउन शुरु गरेको बाह््य पर्यटकमध्ये अहिले सम्म ८ सय ३५ जना पर्यटक जिल्ला भित्रिएको नेपाल प्रहरीको सिमकोट विमानस्थल चौकीले जानकारी दिएको छ ।अहिलेसम्म आएका ८ सय ३५ जनामध्ये १ जा भूटानका, २ जना क्यानडाका, १ जना अष्ट्रेलीयाका र बाँकी ८ सय ३१ जना भारतीयमूलका पर्यटकले हुम्ला भ्रमण गरेका छन् ।


भारतीइ मुलका पर्यटकमध्ये पनि भारतको नागरिकता त्यागेर अन्य देशमा बसेको नागरिक भएको विमानस्थल स्रोतले जनाएको छ ।
जिल्लामा बाह्य पर्यटकको संख्यामा वृद्धि भएसँगै जिल्लाका सिमकोट र नाम्ख गाउँपालिकाको आन्तरिक आम्दानी समेत वृद्धि भएको हो । भारतबाट आउने प्रति पर्यटकबाट एक हजार एक सय त्यो भन्दा बाहिरका पर्यटकबाट एक हजार पाँच सय रकम राजश्व स्वरुप उठाउने प्रावधान अनुसार जिल्लाका सिमकोट र नाम्खालाई गरेर झण्डै दश लाख भन्दा बढि राजश्व संकलन भएको नाम्खाका लागि पर्यटकबाट राजश्व उठाउन सिमकोट विमानस्थलमा खटिएका कुम्मेर रोकायाले जानकारी दिनुभयो ।


उहाका अनुासरा जिल्लामा आएका बाह्य पर्यटकबाट संकलन गरिने रकमको ६० प्रतिशत सिमकोट गाउँपालिकाले लिने र ४० प्रतिशत नाम्खा गाउँपालिकाले लिने व्यवस्था अनुसार अहिलेसम्म सिमकोटमा नौ लाख ८७ हजार ५०० भन्दा बढि रकम राजश्व स्वरुप संकलन भएको छ भने नाम्खा गाउँपालिकाका लागि पाँच लाख ८७ हजार एक सय बढि रकम संकmन भएको रोकायाले जानकारी दिनुभयो ।
जिल्लामा आउने पर्यटकबाट राजश्व रकम संकलन गर्नकालागि सिमकोट गाउँपालिकाले दिपेन्द्र भण्डारी र प्यारी रावत, नाम्खा गाउँपालिकाले कुम्मेर रोकायालाई जिम्मा दिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]