पार्कमा मनलाग्दी, संरक्षणमा छैन नगरको ध्यान

६० लाखमा निर्माण भएको थ्री डी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ।

नेपालचेक समाचारदाता बुधबार, भाद्र २२, २०७९

गुल्मी : ६० लाखमा निर्माण भएको थ्री डी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ।

रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो। निर्माण भएको लामो समयसम्म पार्क सञ्चालनमा नआउँदा संरचना बिग्रिएर पछि नगरपालिकाले करिब पाँच लाख रुपैयाँमा संरचना मर्मत गरेको थियो।

पार्कको संरचनामा अहिले बालबालिकाको संरचनामा मनलाग्दी रजाइँ चल्न थालेको छ।

पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरूले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ। उनीहरूले पार्कको भित्री भागमा जम्मा भएको पानीमा पौडी खेल्ने र संरचनामा तोडफोड समेत गर्न थाल्दा नगरपालिकाले पार्क संरक्षणमा चेष्टा दिएको छैन।

पहिले लाकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचान अहिले गुमेको छ। लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए।

उनले विभिन्न संघ संस्था, संगठन र दलहरूले सरकारको अगाडि उभिएर सरकारलाई नै खबरदारी गर्ने वर्षौंको इतिहास बोकेको लाकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए।

पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिए। जसले पार्कको परिकल्पना गरेको हो, त्यो नै जवाफदेही हुनुपर्ने उनको तर्क छ।

यता रेसुंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा प्रवक्ता रामजी पन्थीले पार्क संरक्षणका लागि पछिल्लो समयमा ध्यान नगएको स्विकारे। उनले यस विषयमा नगरप्रमुखसँग बसेर पनि छलफल गरेको दाबी गर्दै एक दुई दिनभित्रै पार्क सञ्चालनको विषयमा नयाँ निर्णय लिइने दाबी गरे।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]