हुम्ला जिल्लामा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अभिलेखीकरण गरेको प्रतिवेदन रिर्पोटमा गत वर्षको तुलनमा यो वर्ष मानव अधिकार उलंघन तथा ज्यादतिका घटनाहरु न्युन भएको पाइएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमका क्रममा गत वर्ष भन्दा यो वर्ष मानव अधिकार उलंघनका घटनाहरु घड्दो क्रममा रहेको बताईएको छ ।
सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७७ पुस १७ गतेदेखि ०७८ असार १६ गतेसम्मको ६ महिनामा सङ्कलन गरिएका ८ वटा मानव अधिकारसँग सम्बन्धित घटनाहरूको सरोकारवाला निकाय समक्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सिंहले सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्वन्धित तीन वटा, स्वास्थ्य तथा शिक्षाका अधिकारको एक वटा, महिला सम्वन्धि बलात्कार, बलात्कार प्रयास र यौनदुरव्र्यवहारका चार ओटा घटनाहरु प्रस्तुत गरेका थिए । अर्ध वार्षिक समिक्षा कार्यक्रममा छुटेका केही घटनाहरुलाई इन्सेकले संकलन गरेको प्रतिवेदनमा वार्षिक समिक्षामा समेट्नु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष पदमहादुर लामाले बताए । यो वर्ष इन्सेकले संकलन गरेको घटनामा सत्य तथ्य आएको छ तर पनि भएसम्म दुवै पक्षलाई भेटेर समेट्दा उत्तम हुने अध्यक्ष लामाले बताए ।
हुम्लामा यो वर्ष मानव अधिकारका धेरै घटना नहुनु भनेको सुखद पक्ष हो । गत वर्ष भन्दा यो वर्ष कोभिडले चुनौती देखिएपछि अधिकारसँग सम्वन्धित घटनाहरु कम भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । प्रजिअ आचार्यले भने आउँदा दिनहरुमा मानव अधिकारका घटनाहरुलाई अझै शुन्यमा झार्न सकिने बताए । जटिल खालका घटनामा संगलग्न भएका व्यक्तिहरुको नामलाई समेट्दा पीडित पीडकहरुलाई समस्या आउन सक्छ त्यसैले सोचनियको विषय रहेको प्रहरी नायव उपरिक्षक हेरम्व सर्माले बताए ।
त्यस्तै प्रहरीसम्म आइ पुगेका जस्ता सुकै घटनाहरुलाई पनि प्रहरीले अभद्र व्यवहार भन्न नमिल्ने बैतानीक वकिल राजन चन्दले बताईन् । वकिल चन्दका अनुसार जुन प्रकृतिको घटना आयो त्यही अनुसारको मुद्धा दर्ता गर्नु पर्छ र जटिल खाले घटनालाई सामान्य रुपमा लिन नमिल्ने चन्दको भनाई रहेको छ । कार्यक्रममा महिला शेल हुम्लाकी इन्चार्ज मिनु आलेका अनुसार, यो वर्ष महिला सम्वन्धिका घटना कम मात्रामा आएका छन र न्युनिकरणका लागि सवैको भुमिका रहनु पर्ने बताईन् ।
गत वर्ष भन्दा यो वर्ष हुम्ला जिल्लामा ६ महिनाको अवधि भित्रमा मानव अधिकार तथा ज्यादतिका घटनाहरु कम भएको इन्सेक जिल्ला प्रतिनिधि सिंहले बताए । कार्यक्रम जिल्ला समन्वय समितिको सभा हलमा विहान ८ वजे सञ्चालन भएको थियो ।