नेसपा हुम्लाबाट युवा नेता भण्डारीसहित पाँच जना सिफारी

नेपालचेक समाचारदाता शुक्रबार, भाद्र २४, २०७९

सिमकोट । आगामी मङ्सीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि हुम्ला जिल्लाबाट नेपाल समाजवादी पार्टी (नेसपा) पाटीले पाँच जनाको नाम सिफारी गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाबाट युवा नेता राम बहादुर भण्डारीको एकल नाम सिफारीस गरेको नेसपा हुम्लाले जानकारी दिएको छ ।

नेसपा कर्णाली प्रदेशको कार्य समिति बैठकले सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहेका स्थानीय भण्डारीलाई प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागि सिफारीस गर्ने निर्णय गरेको हो । भने यस्तै समानुपातिकमा हिमाल भण्डारीको नाम सिफारीस गरेको छ । राजनीतिलाई फोहोरी खेल भन्ने टिप्पणी भैरहेको बेला आफू राजनीतिमा फोहोर सफा गर्ने उम्मेदवार भण्डारीले प्रतिवद्धता जनाउनु भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि हुम्लाको प्रदेश निर्वाचन (क) बाट प्रत्यक्षमा जनमनी जैसीलाई सिफारिस गर्ने निर्णय गरेको छ, नेसपा हुम्ला श्रोतले भन्यो, प्रदेश निर्वाचन क्षेत्र (ख) को प्रत्यक्ष निर्वाचनतर्फको तेन्जिन लामा र समानुपातिकबाट सौरीकला बोहराको नाम सिफारीस गरिएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]