दोस्रो पटक हुम्ला आउँदै सद्गुरु’

नेपालचेक समाचारदाता शुक्रबार, भाद्र २४, २०७९

सिमकोट । हिन्दु र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थलका रुपमा चिनिने मानसरोवर कैलाशको दूर दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज (शुक्रबार) हुम्ला आउने भएका हुन् ।

नेपाली भूमि हुम्लाको लिमिको लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि नेपाल पुगेका ‘सद्गुरु’ आज हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लाग्नु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिनुभयो ।

चीनको वुहान प्रान्तबाट २०२० माशुरु भएको कोरोना भाइरसको (कोभिड–१९) का कारण धार्मिक तथा सांस्कृतीक महत्वको कैलास मानसरोवार आवतजावत गर्न चीनीया पक्षले रोक छ । दोस्रो पटक सद्गुरु हुम्लाको भू–भागबाटै दूरदर्शन गर्ने गरी हुम्ला आउन लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी परीयारले जानकारी दिनुभयो । सद्गुरुको हुम्ला आवागमनका बारेमा सबै तयारी पुरा भएको बताइएको छ ।

नेपाली भूभाग लाप्चा भञ्ज्याङबाट कैलास मानसरोवरको दर्शनका लागि आज वटा हेलिकोप्टर चार्टर गरेर सद्गुरु नेतृत्वको टोली आज सिमकोट पुग्ने कार्यक्रम छ । सद्गुरुसँग आज मात्र ४० भन्दा बढिको टोली सँगै आउने भएका छन् । सद्गुरुको टोली पोखराबाट हेलिकोप्टरमा सिधै सिमकोट विमानस्थल अवतरण गर्ने उहाँको भ्रमणको जिम्मा लिएको द ट्रेकर सोशाइटीस्रोतले जनाएको छ ।

‘आज (शुक्रबार) बिहान सिमकोटमा भएका दुई हेलिकोप्टर पोखरा गएमा १० र नगए ८ वटा हेलिकोप्टरमा एकै साथ सद्गुरुको टोली सिमकोट आउने भएको द ट्रेकर सोशाइटीका हुम्ला प्रतिनिधि राजन अधिकारीले बताउनुभयो । (सद्गुरु)को टोलीले पूर्णीमाको मौका पारेर शनिबार (भोली) हेलिकोप्टरबाट गएर लाप्चा भञ्ज्याङबाट कैलास मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ ।

सद्गुरुले अघिल्लो वर्ष पनि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेका थिए । उहाँको भ्रमणकै लागि नाम्खा गाउँपालिकाको धाक्चीमा १० वटा गाडी समेत तयारी अवस्थामा राखिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]